देश र जनताका निम्ति काम गरौँः उपराष्ट्रपति

नवलपरासी - उपराष्ट्रपति रामसहाय यादवले धर्मभन्दा माथि उठेर देश र जनताका निम्ति काम गर्न आवश्यक भएको बताएका छन् ।
शनिबार पश्चिम नवलपरासीमा १४९९औँ मोहम्मद जयन्तीका अवसरमा आयोजित राष्ट्रिय एकता एवं पैगामे अमन सम्मेलनमा उनले धर्मभन्दा माथि उठेर जनता र देशका लागि काम गर्नुपर्नेमा जोड दिए ।
उपराष्ट्रपतिले भने, 'समाजिक कार्य र धार्मिक उत्सवहरूमा सक्रिय सहभागिता र अन्तरघुलन बढाउन जरुरी छ । कुनै पनि धर्मको मूलमन्त्र मानवता, प्रेम, सद्भाव, सहिष्णुता र सहयोग अभिवृद्धि गर्नु हो ।'
देशमा शान्ति तथा अमनचयन कायम गर्न दया, करुणा, इमान्दारी, परोपकारी भाव एवं व्यवहार आवश्यक पर्ने उनले बताए । अनेकतामा एकता नेपालको विशेषता भएको चर्चा गर्दै यो विविधतालाई अझ सुदृढ बनाउनुपर्नेमा उनले जोड दिए ।
उपराष्ट्रपतिले भने, 'देशको चौतर्फी विकासका निम्ति हामीबीच एकता हुन जरुरी छ । एकता नै बल हो भन्ने यथार्थलाई हामी सबैले सधैँ आत्मसात् गर्नुपर्छ ।'
विभिन्न धर्मका धर्मगुरुहरूको उपस्थितिमा भएको उक्त कार्यक्रममा उपराष्ट्रपतिसहित मञ्चासिन सबै धर्मगुरुहरूले शान्तिका प्रतीक परेवाहरू उडाएका थिए ।

रोटरी क्लब अफ बानेश्वरद्वारा रोटरी वृक्ष तथा फलफूल नर्सरी स्थापना र वृक्षारोपण …

गुल्मीमा आगलागीबाट युवतीको निधन

स्याउखेतीमा कर्म गुरुङको पाँच दशकको यात्रा
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_kGXZ6ajNij_rgudjoumwxnoesu0chwtj4pazcqqocrstbxinc1r8ntxslaponaf6e9utjln_Hfcp0nsMmx_i4ofjybttpkqywlrknkb1ne1pzdchzpgahamfhcghjjelullxg50kck3pzxw_QxXI2Jc9Bh_rxtl755my3ecorsk0gjjjubbyrgl2ltqb5ykjil2jfiadewtfo3j4t6mmmlh.jpg)
लागूऔषध कारोबारीलाई समात्न प्रहरीले गोली चलायो

एउटै ढुङ्गामा १०८ शिवलिङ्ग र नागसहितको मूर्ति

यसरी थप आकर्षक बनाइँदै छ थानकोटस्थित त्रिभुवन ‘पार्क ’

प्रहरी र रोटरीद्वारा पाँचसय वृक्षारोपण, ५० हजार रोप्ने लक्ष्य

प्रतिक्रिया