कान्तिपुर इन्टरनेशनलकी अनिशाले जितिन् आईडिया इमर्जिङ डिजाइनर अवार्ड

काठमाडौँ- काठमाडौँको बुद्धनगरस्थित कान्तिपुर इन्टरनेशनल कलेजले आईडिया इमर्जिङ डिजाइनर अवार्ड जितेको छ । शुक्रबार राजधानीमा आयोजित आईडिया एक्सीलेन्सी अवार्ड-२०२४ कार्यक्रममा कान्तिपुरकी अनिशा महर्जनले उक्त अवार्ड जितेकी हुन् ।
सिर्जनशीलता र डिजाइन क्षमताका आधारमा अनिशालाई अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ ।
यस्तै आईडिया इनोभेटिभ डिजाइनर अवार्ड (कमर्सियल) र आईडिया इनोभेटिभ डिजाइनर अवार्ड (होस्पिटालिटी) विधामा सोही कलेजकी रबिना श्रेष्ठले पुरस्कार जितेकी छिन् । रबिना कान्तिपुर इन्टरनेशनल कलेजको ब्याचलर अफ इन्टेरियर डिजाइन (बीआईडी) कार्यक्रमकी स्नातक हुन् ।
पुरस्कारहरूले कान्तिपुर इन्टरनेशनल कलेजको शैक्षिक गुणस्तर र विद्यार्थीहरूको सिर्जनात्मक क्षमतालाई पुनः एकपटक प्रमाणित गरेको कान्तिपुर इन्टरनेशनल कलेजका कार्यकारी निर्देशक प्रतापराज जोशीले बताए ।

रोटरी क्लब अफ बानेश्वरद्वारा रोटरी वृक्ष तथा फलफूल नर्सरी स्थापना र वृक्षारोपण …

गुल्मीमा आगलागीबाट युवतीको निधन

स्याउखेतीमा कर्म गुरुङको पाँच दशकको यात्रा
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_kGXZ6ajNij_rgudjoumwxnoesu0chwtj4pazcqqocrstbxinc1r8ntxslaponaf6e9utjln_Hfcp0nsMmx_i4ofjybttpkqywlrknkb1ne1pzdchzpgahamfhcghjjelullxg50kck3pzxw_QxXI2Jc9Bh_rxtl755my3ecorsk0gjjjubbyrgl2ltqb5ykjil2jfiadewtfo3j4t6mmmlh.jpg)
लागूऔषध कारोबारीलाई समात्न प्रहरीले गोली चलायो

एउटै ढुङ्गामा १०८ शिवलिङ्ग र नागसहितको मूर्ति

यसरी थप आकर्षक बनाइँदै छ थानकोटस्थित त्रिभुवन ‘पार्क ’

प्रहरी र रोटरीद्वारा पाँचसय वृक्षारोपण, ५० हजार रोप्ने लक्ष्य

प्रतिक्रिया