मेटमणिले भनेः मुलुकको भौगोलिक अखण्डता, स्वतन्त्रतता, सार्वभौमसत्ता र पार्टी जीवनको विषयमा गम्भीर छु

काठमाडौं - ‘लिपुलेक, लिम्पियाधुरा र कालापानीमा भारतको दाबी पुग्छ’ भन्ने अभिव्यक्तिले विवादित नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा सांसद मेटमणि चौधरीले विज्ञप्ति निकालेर प्रष्टीकरण दिएका छन् । आफूले अभिव्यक्त गरेको पूर्ण अंश र आशयलाई तोडमोड गरी विषयलाई अतिरञ्जित गर्दै विवादित बनाउने प्रयास गरेको उनको जिकिर छ ।
उनले शुक्रबार विज्ञप्ति निकालेर भनेका छन्, ‘न मेरो त्यस्तो आशय थियो न त नियत नै । कार्यक्रममा मेरो अभिव्यक्ति हेर्ने सुन्ने जो सुकैले यो सजिलै बुझन सक्नुहुनेछ ।’
उनले गलत महाकाली सन्धिको कारणले नै भारतले नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा दाबी गरिरहेको र महाकाली सन्धि नै सच्चाउनु’ पर्ने विषयलाई इंगित गरेको बताएका छन् ।
म मुलुकको अखण्डता, सार्वभौमसत्ता र स्वतन्त्रताप्रति प्रतिवद्ध रहने कुरामा कुनै आशंका नगर्न आग्रह गर्दछु । र, उक्त भूभाग हाम्रो पार्टीको समेत दाबीका आधारमा संविधानको अंग बनाइएको कुरामा म सदैव सचेत थिए, छु र रहने छु,' उनले भनेका छन ।
उनले नेपाल भारतवेष्ठित भएकोले बीआरआई सम्झौता कार्यान्वयनमा जोड दिँदै आएको कुरा पनि उल्लेख गरेका छन् ।
‘म मुलुकको भौगोलिक अखण्डता, स्वतन्त्रतता, सार्वभौमसत्ता र पार्टी जीवनको विषयमा गम्भिर र संवेदनशील छु । उपरोक्त विषयको अहित र आँच पुग्ने गरी न कुनै अभिव्यक्ति दिएको थिए, न दिएको छु, न त भविष्यमा दिन्छु नै । म सधैँ मुलुकको भौगोलिक अखण्डता, स्वतन्त्रता र सार्वभौमसत्ताप्रति प्रतिबद्ध रहेको थिए र रहिरहने प्रतिबद्धता व्यक्त गर्दछु,' चौधरीले अगाडि भनेका छन् ।
यो विवादित अभिव्यक्ति दिएपछि महासचिव घनश्याम भुसालले चौधरीलाई ३ दिने स्पष्टीकरण सोधिसकेका छन्।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया