भोटेकोशीमा गाडी खस्यो, निकाल्ने प्रयास जारी

काठमाडौँ- सिन्धुपाल्चोकस्थित भोटेकोशी नदीमा आज अपराह्न गाडी खसेको छ। सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–६ स्थित बबन्डरटोलबाट गाडी भोटेकोशी नदीमा खसेको सिन्धुपाल्चोक प्रहरीले जानकारी दिएको छ ।
सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टराईले गाडी हेर्दा बोलेरो जस्तो देखिएको र क्रेन ल्याएर निकाल्ने प्रयास भइरहेको जानकारी दिए ।
उनका अनुसार अपराह्न १ बजेतिर उक्त घटना भएको तर गाडी कहाँबाट कहाँ जाँदै थियो र मान्छे के-कति थिए भनेर यकिन भएको छैन। अहिले नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले क्रेनको सहायताले गाडी नदीबाट निकाल्ने प्रयास गरिरहेका जनाइएको छ ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया