कांग्रेस सहभागी भएपछि कोशी प्रदेश सरकारले पायो पूर्णता
विराटनगर- कोशी प्रदेश सरकारले पूर्णता पाएको छ । शुक्रबार एमाले नेतृत्वको सरकारमा नेपाली कांग्रेस पनि सहभागी भएपछि कोशी प्रदेश सरकारले पूर्णता पाएको हो ।
कांग्रेसबाट ३ मन्त्री र एक राज्यमन्त्री सरकारमा सहभागी भएका छन् । जसमा सदानन्द मण्डल पर्यटन, वन तथा वातावरण मन्त्री, भूपेन्द्र राई भौतिक पूर्वाधार विकास मन्त्री र खगेनसिं हाङ्गामले उद्योग, कृषि तथा सहकारी मन्त्री बनेका छन् ।
यस्तै भूमिप्रसाद राजवंशीले भौतिक पूर्वाधार विकास राज्यमन्त्रीको जिम्मेवारी पाएका छन् । नवनियुक्त मन्त्रीहरुले शुक्रबारनै शपथ लिएका छन् ।
योसँगै कोशीमा एमाले नेता हिक्मत बहादुर कार्कीको नेतृत्वमा १० सदस्यीय सरकार बनेको छ ।
गत असार १७ गते केन्द्रमा एमाले र कांग्रेसबीच नयाँ गठबन्धन बनाउने सहमतिपछि गत साउन ११ गते सरकारमा सहभागी माओवादी केन्द्रका मन्त्रीहरूले राजीनामा दिएका थिए ।

कचनकवलमा करेन्ट लागेर एक जनाको मृत्यु

संरक्षण नहुँदा भोजपुरको ‘ टेम्केसिद्ध मन्दिर’ जीर्ण
_i9NmdaJkKs_gaemtdslogjyfaavix6ja5yjigihvd7kj57xhgavc2sv1b0d8bj95iwgzj7n_9fsrgeDloW_un2huwatifgqdghwkv1unvl0eh6uhy5btinfacfq0une8eun2shc8ciu3o8a.jpg)
अरुणमा १५ श्ययाको आधारभूत अस्पतालबाट सेवा सुरु

भोजपुर–लेगुवा सडक : भत्किएका ठाउँमा टालिएको कालोपत्र नै उप्कियो

यसवर्ष पनि कोशीमा घटेन ‘लम्पी स्किन’ सङ्क्रमण

सवारी दुर्घटनामा साइकलयात्रीको मृत्यु

गर्मी छल्न कोशी कटान क्षेत्रमा नुहाउनेको भीड

प्रतिक्रिया