कोभिडले बुटवलमा एकै रात २ जनाको मृत्यु

बुटवल : बुटवलस्थित कोरोना बिशेष अस्पतालमा उपचाररत २ जनाको गएराती निधन भएको छ । बुटवल र कपिलवस्तुबाट उपचारका लागि भर्ना भएका २ जना पुरुषको गयराती मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ ।
बुटवल उपमहानगरपालिका-७ का ४२ वर्षीय तथा कपिलवस्तु २ गोरुसिङ्गेका ७४ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए । बुटवलका कोभिड संक्रमित पुरुष गत मंसिर ५ गतेबाट अस्पतालमा उपचाररत थिए भने कपिलवस्तुका संक्रमित ९ गतेबाट उपचाररत थिए ।
बुटवलका पुरुषको गयराती ११:२५ बजे र कपिलवस्तुका संक्रमितको १०:२० बजे मृत्यु भएको डा. गौतमले बताए । एकजनालाई मंसिर ५ गते र अर्कालाई मंसिर ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरु दुवै जना पहिलेदेखि नै मृगौलाको बिरामी रहि डाईलासिस गरिरहेको समेत अस्पतालले जनाएको छ ।

बाँकेमा साइबर अपराधका उजुरी बढे

मेवा बिक्रीबाट आम्दानी गर्दै सहकारी

सिक्टा सिँचाइः पश्चिमी मूल नहरको छैटौँ शाखा निर्माण

कृषि र पशुपालनबाट किसानलाई आत्मनिर्भर बनाउँदै पाल्पाका दुई पालिका

विषालु च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी
‘अझै मनसुन सक्रिय नहुँदा अपेक्षाकृत रोपाइँ हुन सकेन’

तटबन्धले जोगायो घर खेत
_04YG2z72mH_v8t2igg3vbb16jiyc5uza0xw7voswj7ykb4vsjp80tricojvuf9puxqytjnl_wMuEUhyzpv_e0o1fqcjg8zsgadqjoceib5jpi86regqrtgvhods2y6ip27bju0gma46jrja.jpg)
प्रतिक्रिया