सोमबार १९ जेठ, २०८२
Monday, June 02, 2025

संवैधानिक परिषद्‌को बैठकअघि माओवादीले बोलायो संसदीय दलको बैठक

फाइल तस्बिर

काठमाडौँ- नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ । शुक्रबार दिउँसो २ बजे बस्नेगरी सिंहदरबारस्थित दलको कार्यालयमा बैठक बोलाइएको छ ।

बैठकमा प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाको विषयसहित संवैधानिक परिषद्‌को बैठकमा माओवादीको अडान तथा सहकारी ठगी प्रकरणमा बनेको संसदीय विशेष समितिले सार्वजनिक गर्न लागेको प्रतिवेदनको बारेमा संसद्‌मा माओवादीको भूमिकाबारे छलफल हुने बताइएको छ ।