मुलुकको पूर्वाधार विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण - प्रधानमन्त्री

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको पूर्वाधार विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।
बिहीबारदेखि काठमाडौंमा सुरु नेपाल पूर्वाधार सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले पूर्वाधार विकासलाई सरकारले प्राथमिकतामा राखेको र सरकार एक्लैले पूर्वाधार विकास गर्न नसक्ने भएकाले निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताएका हुन् ।
आवश्यक पूर्वाधार बनाउँदै सुखी नेपाली समृद्ध नेपालको नारालाई सबै मिलेर साकार बनाउनुपर्नेमा उनले जोड दिए । प्रधानमन्त्री ओलीले तीन तहको सरकार मिलेर देशको आर्थिक क्षेत्रलाई बलियो बनाउनुपर्ने धारणा राखे ।
उनले नेपालमा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका निजी क्षेत्रलाई लगानीको उचित वातावरण सृजना गर्न सरकार तयार रहेको उल्लेख गरे । प्रधानमन्त्री ओलीले कोभिड १९ पछि नेपालको अर्थतन्त्र क्रमशः पुनःउत्थान हुँदै गएको र नेपाल केही वर्षभित्र अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने अवगत गराए ।
नेपाल उद्योग परिसंघले आयोजना गरेको सम्मेलनमा विभिन्न मुलुकका प्रतिनिधिहरु सहभागी छन् । सम्मेलनमा सडक, ऊर्जा, रेल, रियल इस्टेट, फोहोरमैला व्यवस्थापन तथा वातावरण, सूचना प्रविधि, व्यापारसहितका अन्य पूर्वाधारका क्षेत्रका विषयमा छलफल हुने आयोजकले जनाएको छ ।

राजावादीको काठमाडौँ उपत्यका बन्दको कार्यक्रम फिर्ता

प्रधानमन्त्री मधेश प्रदेशमा, ६४ सडकको एकैसाथ शिलान्यास

राजनीतिक संयन्त्र र पदाधिकारी बैठकको निर्णय प्रजातान्त्रिक विधिले चिन्दैनः नैनस…

खास लडाई भोलीवाट सुरु हुन्छ, हामी अब ५० ठाउँवाट निस्कन्छौंः राजेन्द्र लिङदेन

कमल थापासहित ६ जना राजावादी पक्राउ, राखियाे भद्रकालीमा

कमल थापा पक्राउ

रूसी कम्युनिष्ट पार्टीका महासचिवलाई नेपाल भ्रमणको निम्तो

प्रतिक्रिया