मन्दिरकम गाँजा बिक्री गर्ने साधु पक्राउ

रौतहट- मन्दिरमा लागू ओैषध गाँजा बिक्री वितरण गर्ने एकजना साधु पुजारी पक्राउ परेका छन । रौतहटको देवाही गोनाही नगरक्षेत्रको देवाही गोनाही नगरपालिका-९ धरहरी राम जानकी मठका पुजारी स्थानीय त्रिशूल यादवको छोरा बर्ष ६५ को पुजारी साधु सिकेन्द्र राय यादव गाँजासहित पक्राउ परेका हुन् ।
मन्दिरबाट गाँजा बेचबिखन गर्ने गरेको सूचना अनुसार ईलाका प्रहरी कार्यालय गोनाही बाट गएको टोलीले गएराती मन्दिरको पुजारी यादवलाई चेकजाँच गर्दा लुकाई राखेको पलाष्टिकको सानो पाकेटमा अन्दाजी १ किलो ग्राम लागु औषध गाँजा बरामद गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छिन् ।
लगत्तै पुजारी यादवलाई गाँजा सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय गरूडा रौतहटमा पठाईएको प्रवक्ता गिरीले जानकारी दिएकी छिन् ।
साधु यादव हाल ईलाका प्रहरी कार्यालय गरुडाको नियन्त्रणमा रहेको तथा निजमाथि लागुऔषध बेचबिखन सम्बन्धी मुद्दा दायर गरी कार्वाही प्रक्रिया अगाडी बढाईएको डिएसपी राजन कार्कीले जानकारी दिएका छन् । यस अघी गाँजा बिक्रि बितरण गर्ने एकजना साधु फतुवा बिजयपुर नगरपालिका ११ भैंसही गाउँबाट केही समय पहिले पक्राउ परेका थिए । -सञ्जय मिश्रा

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया