ग्रामीण अस्पतालमा आधुनिक प्रविधिको शल्यक्रिया

महोत्तरी- भारतीय सीमा नजिकको ग्रामीण बस्तीमा सञ्चालित यहाँको एक अस्पतालले पित्तथैलीको पत्थरी दूरबिन प्रविधिबाट शल्यक्रिया थालेको छ ।
रामगोपालपुर-९ स्थित जानकी एकेडेमी अस्पतालले यो आधुनिक प्रविधिबाट पित्तथैलीको पत्थरी निकाल्ने शल्यक्रिया थालेको हो । जिल्लाको सुदूर दक्षिणपश्चिमी ग्रामीण भेगमा सञ्चालित अस्पतालले यो आधुनिक प्रविधिको शल्यक्रिया सफलतापूर्वक गरेपछि अब यस प्रकृतिका बिरामीले आफ्नै गाउँघरमा सेवा पाउने छन् ।
गत मङ्गलबार अस्पतालका शल्य चिकित्सकद्वय डा अश्विनीकुमार यादव र डा मनिषकुमार ठाकुरले यो प्रविधिबाट एक बिरामीको शल्यक्रिया गरेका हुन् । यो सफलतासँगै अस्पतालले अब पित्तथैलीको पत्थरी निकाल्ने शल्यक्रिया यही गरिने घोषणा गरेको छ ।
“अस्पतालमा दक्ष चिकित्सक र आधुनिक प्रविधि दुवै उपलब्ध छन्, अब यस प्रकृतिका बिरामीले उपचारका लागि टाढा जान पर्दैन,” अस्पताल सञ्चालकमध्येका एक डा सुरेन्द्रकुमार यादवले भने ।
अब पत्थरीको उपचारका लागि जनकपुर, विराटनगर, धरान र काठमाडौँ तथा भारतका दरभङ्गा र पटना पुग्नुपर्ने बाध्यता हटेको छ ।
जिल्लाको गौशाला, सोनमा, औरही र सम्सीसहितका स्थानीय तह अस्पताल वरिपरि छन् । नेपाल-भारत सीमा अस्पतालबाट चार किलोमिटरको दूरीमा छ । यहाँ उपचार सोव लिन गौशाला, सोनमा, औरही, सम्सी र रामगोपालपुरसहितका स्थानीय तहका करिब ४० बस्ती र भारतको सीतामढीका दर्जनौ बस्तीका बिरामी यहाँ आउने गरेका छन् ।
दूरबिन प्रविधिबाट पित्तथैलीको शल्यक्रिया गरिँदा बिरामीलाई घाउमा सङ्क्रमण नहुने चिकित्सकहरू बताउँछन् । यो प्रविधिबाट शल्यक्रिया गरिएकाहरू छ घण्टामै हिँडडुल गर्नसक्ने र सामान्य दिनचर्यामा फर्कने डा अश्विनीकुमार यादवले बताए ।

डेंगु नियन्त्रण गर्न लार्भा खोजी तथा नष्ट अभियान

गाउँमै विशेषज्ञ सेवाः चार सय जना लाभान्वित

रोगहरुविरुद्ध सचेतनाका लागि विद्यालय शान्तिदूत कार्यान्वयनमा आउँदैछ- स्वास्थ्यमन्…

स्वास्थ्य सेवालाई व्यवस्थित गर्न निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छः स्वाथ्यम…

मुख्यमन्त्रीको निर्देशनपछि चन्द्रनिगाहपुरका हाइवे ट्रमा र सिभिल अस्पतालको सटर बन्द

कान्तिलाई हजार शैय्या पुर्याउन जापानी सहयोगका लागि मन्त्री पौडेलको आग्रह

मेला, महोत्सवका नाममा सुर्तीजन्य पदार्थको विज्ञापन नगर्न आग्रह

प्रतिक्रिया