इङल्याण्डविरुद्धको टी-२० सिरिजको पहिलो खेलमा अस्ट्रेलिया विजयी

काठमाडौँ - अस्ट्रेलियाले इङल्याण्डविरुद्धको टी-२० सिरिजको पहिलो खेलमा जित हासिल गरेको छ । गए राती सम्पन्न खेलमा अस्ट्रेलियाले इङल्याण्डलाई २८ रनले पराजित गरेको हो ।
अस्ट्रेलियाले दिएको १७९ रनको लक्ष्य पछाएको इङल्याण्ड १९.२ ओभरमा अल आउट हुँदै १५१ रन मात्र बनाएको थियो । इङल्याण्डका लागि लियाम लिभिङस्टोनले सर्बाधिक ३७ रन बनाए भने फिल साल्टले २० तथा साम कुरानले १८ रन बनाएका थिए ।
त्यस्तै अस्ट्रेलियाका बलर सीन एबोटले सर्बाधिक ३ विकेट लिए भने जोश हजेलवूड र एडम जाम्पाले २-२ विकेट लिएका थिए । यस अघि पहिला ब्याटिंग गरेको अस्ट्रेलियाले १९.३ ओभरमा अल आउट हुदै १७९ रन बनाएको थियो ।
अस्ट्रेलियाका लागि ट्राभिस हेडले २३ बलमा ५९ रन बनाएका थिए भने माथ्यु शर्टले ४१, जोश इंगलिसले ३७ रन बनाएका थिए । त्यसै गरि इङल्याण्डका बलर लियाम लिभिङस्टोनले सर्बाधिक ३ तथा जोफ्रा आर्चर र सकिब महमूदले २-२ विकेट लिएका थिए ।
यो जितपछि ३ खेलमा टी- २० सिरिजमा अस्ट्रेलिया १-० ले अगाडि भएको छ । अब दोस्रो खेल शुक्रबार हुने तालिका छ ।

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_YVkbrXFyX6_p3bpbrgapoekv84yglbhifzatfksra7qzyeull2maafcpkilf2fby6eaevno.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया