नीति तथा योजना आयोगको उपाध्यक्षमा नेपाल नियुक्त

मकवानपुर - बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा गङ्गादत्त नेपाललाई नियुक्त गर्ने निर्णय गरेको छ । उनी यसअघि पनि आयोगको सदस्य थिए ।
बैठकले सिन्धुपाल्चोकका नेपाललाई उपाध्यक्ष, सदस्यमा काभ्रेपलाञ्चोकका गुणराज मोक्तान र काठमाडौँका दीपेन्द्र श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा योजनामन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए ।
यस्तै, प्रदेश खेलकुद विकास परिषद्को सदस्य–सचिवमा नुवाकोटका दीपक लामा नियुक्त गरेका छन् । सामाजिक विकास मन्त्रालयको प्रस्ताव र खेलकुद मन्त्रालयको स्वीकृतिमा उनी नियुक्त भएका हुन् ।
बैठकले श्रम, रोजगार तथा यातायात र कृषि तथा पशुपक्षी विकास मन्त्रालयको कर्मचारी दरबन्दी स्वीकृत गरेको छ । यसैगरी उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको संघीय इकाइको कार्यालयका लागि प्रदेश सरकारले विनियोजन गरेको बजेट खर्चलाई पनि स्वीकृति प्रदान गर्ने निर्णय गरिएको प्रवक्ता लामिछानेले जानकारी दिए ।
भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

प्रदेश सरकारद्वारा विद्यालयलाई बस प्रदान

मल्लकालीन बस्तीका स्ववासीलाई सयौँ वर्षपछि लालपुर्जा वितरण

भक्तपुर–नगरकोट सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र अन्तिम चरणमा

काभ्रेलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
नालामा पुल भाँचियो : काठमाडौँ जाने वैकल्पिक सडक अवरुद्ध

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ

प्रतिक्रिया