राजस्व अनुसन्धानले शौर्य सिमेन्ट उद्योगसँग बयान लिने

सिरहा - सिरहाको मिर्चैयास्थित शौर्य सिमेन्ट उद्योगमा विदेशी ब्राण्डको मार्लबोरो चुरोट भेटिएको प्रकरणमा राजस्व अनुसन्धान कार्यालय, इटहरीले उद्योगसँग बयान लिने तयारी गरेको छ ।
उद्योगमा म्याद गुज्रिएका र ‘रि–लेबलिङ’ गरिएका दुई प्रकारका मार्लबोरो चुरोट गत साउनमा जलाइएको र अझै केही चुरोट उद्योगभित्रै रहेको विषयमा समाचार सार्वजनिक भएको थियो । त्यसलगत्तै राजस्वले उद्योगसँग लिखित जवाफ मागेका छन् ।
उद्योगले गत १९ गते राजस्वको पत्रको जवाफ पठाए पनि त्यसमा सन्तुष्ट हुने अवस्था नभएपछि प्रत्यक्ष बयान लिने तयारी गरिएको राजस्व अनुसन्धान कार्यालय, इटहरीले जनाएको छ । 'उद्योगबाट आएको जवाफको पनि हामी अध्ययन गर्दैछौँ, राजस्वका प्रमुख खेमराज ओझाले भने, 'त्यसले मात्र सन्तुष्ट हुने अवस्था देखिएन । त्यसैले उद्योगसँग बयान लिने तयारी गरिएको छ ।'
उद्योगलाई चाँडै बयानका लागि बोलाउने तयारी भइरहेको प्रमुख ओझाले जानकारी दिए । उनले बढी मूल्यको स्टिकर टाँसेर चुरोट बेची उपभोक्तालाई ठग्नुका साथै राजस्व पनि छली गरिएको देखिएकाले सूक्ष्म रुपमा अनुसन्धानमा जुटेको बताए ।

अन्तर्राष्ट्रिय स्तरको फाइबर सिमेन्ट बोर्ड उत्पादन तथा बिक्री वितरण आजैबाट सुरु

चियापारखीको रोजाइ ‘पोखरेलको मट्का चिया’

भरतपुरको विकास चोकमा कजारियाको नयाँ सोरुम उद्घाटन

‘चुज मी’ को दोस्रो शाखा काठमाडौँमा सञ्चालनमा

सरकार र उद्योगीबीच ग्यासको मूल्य बढाउने सहमति

बाँस सम्मेलनमा बाँसका सामग्रीहरू (तस्वीरहरू)

बास्किन रोबिन्सले गर्यो वसन्तपुरमा ३४औँ शाखाको उद्घाटन

प्रतिक्रिया