'कोशी सरकारमा बिहीबारसम्म नेपाली कांग्रेसका मन्त्रीहरू नियुक्त भइसक्ने'

काठमाडौँ - नेपाली कांग्रेस कोशी प्रदेश सभापति उद्धव थापाले कोशी प्रदेश सरकारमा बिहीबार सम्म नेपाली कांग्रेसका मन्त्रीहरू नियुक्त भइसक्ने बताएका छन् ।
बुधबार विराटनगरमा संचारकर्मीसँग कुरा गर्दै सभापति थापाले बुधबार बसेको कांग्रेसको पदाधिकारीको बैठकले कोशी प्रदेश सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुङ्गो लगाएको बताए ।
केन्द्रबाट नाम आउने बित्तिकै सरकारमा मन्त्रीहरूलाई सहभागी गराइने उनले बताए । कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता समेत रहनु भएको सभापति थापाले कोशी प्रदेशमा मन्त्रालय नबढाउने प्रधानमन्त्री केपी शर्मा ओली र सभापति शेरबहादुर देउवा बीच सहमति भएको जानकारी दिँदै दुबै पार्टीबाट दुई दुई जना राज्य मन्त्री राखिने सहमति भएको जानकारी दिए ।
तत्काल मन्त्रालयको संख्या नबढाइए पनि १३ सदस्यीय मन्त्रिमण्डल बन्ने र कांग्रेस सरकारमा सहभागी भएको केही समयपछि मन्त्रालयको संख्या समेत बढाउन सकिने उनको भनाइ छ ।
थापाले पूर्व मुख्यमन्त्री केदार कार्कीले पार्टीसँग समन्वय नगरी आन्दोलन शुरु गरेका भएपनि यसलाई राजनैतिक रंग दिने भन्दा सहमतिमा टुङ्ग्याउने प्रयास भइरहेको धारणा राखे ।

कचनकवलमा करेन्ट लागेर एक जनाको मृत्यु

संरक्षण नहुँदा भोजपुरको ‘ टेम्केसिद्ध मन्दिर’ जीर्ण
_i9NmdaJkKs_gaemtdslogjyfaavix6ja5yjigihvd7kj57xhgavc2sv1b0d8bj95iwgzj7n_9fsrgeDloW_un2huwatifgqdghwkv1unvl0eh6uhy5btinfacfq0une8eun2shc8ciu3o8a.jpg)
अरुणमा १५ श्ययाको आधारभूत अस्पतालबाट सेवा सुरु

भोजपुर–लेगुवा सडक : भत्किएका ठाउँमा टालिएको कालोपत्र नै उप्कियो

यसवर्ष पनि कोशीमा घटेन ‘लम्पी स्किन’ सङ्क्रमण

सवारी दुर्घटनामा साइकलयात्रीको मृत्यु

गर्मी छल्न कोशी कटान क्षेत्रमा नुहाउनेको भीड

प्रतिक्रिया