संवैधानिक इजलासमा खरेलको तर्क : ह्वीप जारी नभएकाले देउवाको दाबी वैधानिक

काठमाडौँ : कानुन व्यवसायी सतिश खरेलले प्रधानमन्त्रीमा दाबी पेस गर्ने सन्दर्भमा कुनै पनि दलले ह्वीप जारी नगरेकाले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको दाबी वैधानिक भएको बताएका छन् । प्रतिनिधि सभा विघटनविरुद्ध संवैधानिक इजलासमा भइरहेको बहसमा रिट निवेदकका तर्फबाट बहस गर्दै खरेलले संसदीय व्यवस्थामा सांसदको व्यक्तिगत मत पनि हुने बताए ।
'प्रधानमन्त्रीको दाबी सन्दर्भमा न कुनै दलले ह्विप जारी गरेको छ । न ह्विपको आधारमा भोटिङ भएको छ । यसमा ह्विपको कुनै अवस्था छैन । त्यसकारण शेरबहादुर देउवाको दाबी वैधानिक छ,' खरेलको तर्क छ । उनले संसदीय व्यवस्थामा सांसदको व्यक्तिगत मत पनि हुने बताए ।
बहुदलीय व्यवस्थामा दुई प्रकारको समर्थन हुने बताए । 'बहुदलीय व्यवस्थामा भोटिङमा ह्विपको व्यवस्था हुन्छ । अर्को ह्विप नलाग्ने किसिमको समर्थन हुन्छ । पार्टिकुलर सदस्यको मामिलामा ह्विप लाग्दैन,' खरेलले भने ।
नेपालमा डेमोक्रेटिक दलीय व्यवस्था भएकाले एउटा मात्रै वैचारिक धारणा नभएको उनले बताए ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया