राष्ट्रपतिको लिखित जवाफले संविधानलाई चुनौति दियो
काठमाडौँ : संविधानविद् भीमार्जुन आचार्यले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानलाई चुनौति दिएको बताएका छन् । प्रतिनिधि सभा विघटनविरुद्धको बहसमा संविधानविद् तथा अधिवक्ता आचार्यले राष्ट्रपतिबाट संविधानलाई चुनौति भएको बताएका हुन् ।
विश्वासको मत लिन नसकेका प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि प्रधानमन्त्रीमा दाबी गर्नु संविधान विपरित भएको उनले बताए । संविधानका सबै धारा प्रयोग गरेर ओली नै प्रधानमन्त्री बनिरहन पाउँछन् ? भन्दै उनले प्रश्न गरेका छन् ।
‘प्रधानमन्त्रीको पद रिक्त नभएको अवस्थामा वैकल्पिक सरकार खोज्ने संविधानले परिकल्पना नै गरेको छैन । त्यसैले विश्वासको मत लिन नसकेको अवस्थामा मात्र प्रधानमन्त्री पद मुक्त हुन्छन्’ संवैधानिक इजलासमा संविधानविद आचार्यले भने, ‘एउटै व्यक्ति संविधानको सबै धारा अनुसार प्रधानमन्त्री हुनपाउछ भन्ने हुन्छ ? संविधानको धारा ७६(५) र (२) फरक छ श्रीमान । (५) मा बहुमत प्राप्त गर्नसक्ने सदस्य भनिएको छ। (२) मा दुई वा दुईभन्दा बढी दलको समर्थन भनिएको छ ।’
संविधानका सबै धारालाई प्रयोग गर्न खोजेर ओलीलाई नै प्रधानमन्त्री बनाइरहने राष्ट्रपतिले संविधानलाई चुनौति दिएको आचार्यको तर्क छ । ‘राष्ट्रपतिको लिखित जवाफलाई मान्ने हो भनेसंविधानलाई चुनौती दिएको देखिन्छ’ उनले भने ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया