पूर्वमुख्यमन्त्री केदार कार्की फेरि आमरण अनशनमा

काठमाडौँ - कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की फेरि अनशनमा बसेका छन् । मंगलबार बेलुका प्रहरीले पक्राउ गरेर निवास छाडे लगत्तै फर्किएर उनी पुनः अनशन बसेका हुन् ।
आज अपरान्ह ४ बजेदेखि कार्की अनशनमा बसेका थिए । कार्कीले कोशी प्रदेशसभा सचिवालय अगाडि अनशन थालेका थिए । उनलाई निषेधित क्षेत्रभित्र अनशन गरेको भन्दै साँझ प्रहरीले पक्राउ गरेको थियो ।
उनलाई प्रहरी भ्यानमा राखेर कार्की निवास छाडिएको थियो । लगत्तै सहयोगीहरूका साथ फर्किएर उनले अनशन सुरु गरेका छन् ।
आफू मुख्यमन्त्री भएका बेला सुरु गरेका महत्वपूर्ण र जनउत्तरदायी कार्यक्रमहरू अहिलेको सरकारले कटौती गरेको भन्दै पूर्वमुख्यमन्त्री कार्की अनशन बसेका थिए । आफू नेतृत्वको सरकार हुँदा सञ्चालन गरिएका यी कार्यक्रम सरकारले कटौती गरेको भन्दै कार्कीले विरोध गरिरहेका छन् ।

लुम्बिनी प्रदेशका १३ प्रतिशत जनताको जीवनकालमा कुनै न कुनै मानसिक स्वास्थ्य समस्…

जनता जागरुक र सचेत हुनुपर्छः मुख्यमन्त्री कँडेल

भक्तपुर नगरपालिकाको दुई अर्ब ४७ करोडको बजेट सार्वजनिक

१० महिनामा प्रदेश सरकारहरूले खर्च गरे १ खर्ब १७ करोड

योजना अनियमितता छानबिन गर्न संसदीय छानबिन विशेष समिति गठन

कर्णाली सरकारको नीति तथा कार्यक्रम सार्वजनिक

लगातार अनुपस्थित भएपछि प्रदेशसभा सदस्य गीता गुरुङ पदमुक्त

प्रतिक्रिया