पर्यटन बोर्डका सिइयोविरुद्ध रिट

काठमाडौँ - नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइयो) दीपकराज जोशीको नियुक्ति कार्यान्वयन नगर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ ।
प्रमुख कार्यकारी अधिकृतका अर्का प्रतिस्पर्धी धनञ्जय रेग्मीले आज जोशीको नियुक्तिलाई कार्यान्वयन नगर्न आदेशको माग गर्दै रिट निवेदन दायर गरेका हुन् ।
परीक्षामा आफूले बढी नम्बर प्राप्त गरेपनि नियम विपरीत जोशीलाई नियुक्ति गरिएको उल्लेख गर्दै रिट निवेदनमा बोर्डको निर्णय बदर गरेर आफूलाई नियुक्ति दिलाउन माग गरिएको छ ।
रिट निवेदनमा भनिएको छ, 'कानुनतः परीक्षा प्रणालीको नजितामा निर्भर भई नियुक्ति गर्नुपर्नेमा तजबिजि अधिकार प्रयोग गरेर अधिकार क्षेत्र सीमितको आधारमा बदरभागी छ ।'
बोर्ड सञ्चालक समितिको गत बिहीबारको बैठकले जोशीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको थियो । उनले पदबहाली गरी कामसमेत सुरु गरिसकेका छन् ।

मेघौलीमा हाइ-एन्ड पर्यटक लक्षित गर्दै १२ विघामा 'सिद्धार्थ वाइल्डलाइफ रिट्रिट' स…

पोखरा-जोमसोम हवाई उडान दुई महिनाका लागि बन्द

आन्तरिक पर्यटकको रोजाइमा कुलपानी हरित उद्यान, थप आकर्षक बनाइँदै
_d4qa3odkiK_izdqtdfhaefjahivqfnedatcat8zvcxstgusfyjwwy2er2d6qfk99k2zodns_lHCEFU3vHe_1ihtkmxxo8kcfnieztumzhlfyhknqzoajjtvc8fafvdogbpxyxjdvfaojq7n.jpg)
पर्यटक लोभ्याउँदै भुजुङ गाउँ

चिडियाखानामा सन्ध्याकालीन सेवा सुरु भएपछि बढे पर्यटक

पर्यटन व्यवसायमा महिला सहभागिता बढाउनुपर्नेमा जोड

‘जाऊँ है पोखरा’ अभियानसहित पोखराका व्यवसायी लुम्बिनीमा

प्रतिक्रिया