पूर्वमुख्यमन्त्री केदार कार्की अनशनस्थलबाटै पक्राउ

काठमाडौँ - पूर्वमुख्यमन्त्री केदार कार्की अनशनस्थलबाटै पक्राउ परेका छन् । कार्कीले प्रदेशसभा सचिवालयको गेटअगाडि अनसन सुरु गरेका थिए । जिल्ला प्रशासन कार्यालय मोरङले निषेधाज्ञा जारी गरेको स्थानमा कार्कीले अनसन सुरु गरेपछि उनी पक्राउ परेका हुन् । कार्कीलाई पक्राउ गर्दा सुरक्षाकर्मी र कार्कीका समर्थकबीच दोहोरो झडप भएकाे थियो ।
झडपपछि कार्की र उनका केही समर्थकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। निषेधाज्ञाको बेवास्ता गर्दै आफ्ना समर्थकका साथमा कार्की ४ बजेदेखि अनशन बसेका थिए ।
आफू मुख्यमन्त्री भएका बेला सुरु गरेका महत्वपूर्ण र जनउत्तरदायी कार्यक्रमहरू अहिलेको सरकारले कटौती गरेको भन्दै पूर्वमुख्यमन्त्री कार्की अनशन बसेका थिए । आफू नेतृत्वको सरकार हुँदा सञ्चालन गरिएका यी कार्यक्रम सरकारले कटौती गरेको भन्दै कार्कीले विरोध गरिरहेका छन् ।

संविधानअनुसार सङ्घीयता कार्यान्वयन गरिनुपर्नेमा कार्यवाह प्रधानमन्त्री सिंहको जोड

माओवादी पार्टी एक भयोः अध्यक्ष प्रचण्ड

प्रधानमन्त्री ओली दुबईमा

प्रतिनिधिसभाको बैठक आज बस्ने

प्रधानमन्त्री ओली तुर्कमेनिस्तान प्रस्थान

कार्यवहाक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई

बहुविवाहलाई छुट दिने कानुन बनाइँदैछ भन्ने भ्रम मात्रैः कानुनमन्त्री चौरसिया

प्रतिक्रिया