पर्यटनमन्त्री पाण्डे भारत प्रस्थान

काठमाडौँ - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे भारतको राजधानी नयाँदिल्लीमा हुने अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को मन्त्रिस्तरीय सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गरेका छन् ।
बुधबारदेखि दिल्लीमा सुरु हुने एशिया प्रशान्त क्षेत्रको मन्त्रिस्तरीय सम्मेलनमा भाग लिन भारत जानुभएको मन्त्रालयले जनाएको हो । दुईदिने सम्मेलन भारत सरकार र आइकाओले संयुक्त रुपमा आयोजना गर्न लागेको जनाइएको छ । एशिया प्रशान्त क्षेत्रमा नागरिक उड्डयनलाई थप प्रभावकारी बनाउन नयाँ रोडम्याप तयार गर्ने उद्देश्यले हुन लागेको सो सम्मेलनको बिहीबार हुने समापन समारोहलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
उक्त सम्मेलनमा करिब ४१ देशका दुई सय ५० भन्दाबढी प्रतिनिधिको सहभागिता रहने जनाइएको छ ।

दक्षिण अफ्रिकाका नवनियुक्त राजदूतलाई मानार्थ वाणिज्यदूत श्रेष्ठद्वारा स्वागत

नेपाल प्राकृतिक रुपमा सुन्दर र सम्पन्न छः राजदूत अन्सारी

सान फ्रान्सिस्कोमा नेपाली कन्सुलेट कार्यालय स्थापनाको निर्णय स्वागतयोग्य : आनन्द व…

गैरआवासीय राजदूत नियुक्त

नेपालका लागि व्रिटिसका राजदूत रोब फेनबाट सिप मेलाको अवलोकन

भारतीय दूतावासद्वारा सिमकोट गाउँपालिकालाई एम्बुलेन्स सहयोग

मुख्यमन्त्री कार्कीसँग चीनका राजदूत सोङको शिष्टाचार भेट

प्रतिक्रिया