एन्फा महिला लिग: सुदूरपश्चिमको निराशाजनक प्रदर्शन
काठमाडौँ - राजधानीमा जारी एन्फा महिला लिगमा सुदूरपश्चिम प्रदेशको निराशाजनक प्रदर्शनले निरन्तरता पाएको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा सुदूरपश्चिम प्रदेश त्रिभुवन आर्मी क्लबसँग १४–१ को फराकिलो अन्तरले पराजित भएको हो ।
आर्मीका लागि दिपा शाहीले एक्लैले पाँच गोल गरिन् । त्यस्तै अनिता लम्जेलले दुई गोल गर्दा बिमला चौधरी, हिमा चौधरी, शान्ति बिक, चन्द्रा भण्डारी, सन्जु कुमाल, बिमला विक र सावित्री देवी मगरले १–१ गोल गरिन् । सुदूरपश्चिमका लागि एकमात्र गोल निलम सिंहले खेलको ६७ र्औ मिनेटमा गरेकी थिइन् ।
सुदूरपश्चिमले पहिलो खेलमा बागमती युथ क्लबसँग ५–१ को फराकिलो हाल व्यहोरेको थियो भने अर्को खेलमा पुलिस क्लबसंग ९–० को अन्तरले पराजित भएको थियो ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया