मंगलबार ०३ असार, २०८२
Tuesday, June 17, 2025

नवीन अनुसन्धानमा लाग्न वैज्ञानिकहरुलाई प्रधानमन्त्रीको आग्रह

फाइल फाेटाे

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले देशको समृद्धिका लागि नवीन अनुसन्धानमा जुट्न वैज्ञानिकहरूलाई  आग्रह गरेका छन् ।

प्रधानमन्त्री निवासमा आज आयोजित नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) को ४७ औँ प्राज्ञसभामा नाष्टका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले रासायनिक मल र कीटनाशक औषधिको प्रयोगका कारण देशभरको माटो रुग्ण भएकाले यसलाई कसरी उपचार गर्न सकिन्छ भन्नेमा अनुसन्धान गर्न आग्रह गरेका हुन् । 

प्रधानमन्त्रीले सागसब्जी उत्पादनमा विषादीयुक्त कीटाणुु कसरी रोक्ने र चाहिने कीटाणु कसरी कायम राख्ने भन्ने विषयमा अनुसन्धान भएमा उत्पादन र उत्पादकत्व वृद्धिमा सहयोग पुग्ने बताए ।

'आफूलाई जे मन लाग्यो त्यसमा भन्दा पनि देशको आवश्यकताअनुसार अनुसन्धान होस् । कृषि क्षेत्रको अनुसन्धानका लागि कृषि अनुसन्धान परिषद् (नार्क) जस्ता संस्थासँग सहकार्य होस् । सुशासन कायम गर्ने कामको नेतृत्व म गर्छु, तपाई वैज्ञानिकबाट नयाँ खोज र अनुसन्धान गरेर मुलुकको परिवर्तनमा योगदान गर्न मेरो आग्रह छ ', प्रधानमन्त्री ओलीले भने,'ज्ञान, विज्ञान र योगको उद्गम भूमि नेपाल विकासका दृष्टिले पछाडि परेको छ । अरूले ढुङ्गा हानेर सिकार गर्दै गरेको अवस्थामा हामीले पशुपालनको युग सुरु गरिसकेका थियौँ । अब ‘ग्रिन हाइड्रोजन’को प्रयोग र अन्तरिक्षको ‘अर्बिट’मा आफ्नै ‘सेटलाइट’ राख्नेतर्फ ध्यान दिन सक्नुपर्छ । भूकम्पको पूर्व सूचना प्रणालीलाई स्थापित गरेर जानुपर्छ ।'

प्रधानमन्त्री ओलीले सिद्धान्त र दर्शनका आधारमा नभए पनि प्रयोग र अभ्यासका हिसाबले हाम्रा पुर्खाले सुरु गरेका आयुर्वेद, ध्वनि विज्ञानलगायत क्षेत्रमा गरेका विकासको स्मरण गर्दा आत्मबल वृद्धि हुने बताए । 

सभाले आर्थिक वर्ष २०८१/०८२ का लागि रु ५० करोड ६८ लाख ३९ हजारको बजेटसहितका कार्यक्रम स्वीकृत गरेको छ । 

सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईलगायत सहभागी सभामा प्रतिष्ठानका उपकुलपति प्रा डा दीलिप सुब्बाले विज्ञान, प्रविधि र नवप्रवर्तनलाई सरकारले समृद्धिको आधार मानेकामा त्यसको प्रशंसा गरे । 

विश्वविद्यालयमा तोडफोड गर्नेलाई कारबाहीको दायरमा ल्याउन प्रधानमन्त्रीको निर्देशन

विश्वविद्यालयमा तोडफोड गर्नेलाई कारबाहीको दायरमा ल्याउन प्रधानमन्त्रीको निर्देशन

बजेटका कारण कांग्रेस र एमालेबीचको सहकार्यमा असर पर्दैनः अर्थमन्त्री पौडेल

बजेटका कारण कांग्रेस र एमालेबीचको सहकार्यमा असर पर्दैनः अर्थमन्त्री पौडेल

‘ह्विलिङ चार्ज’ को विषयलाई चाँडो टुङ्ग्याउन ऊर्जामन्त्रीको निर्देशन

‘ह्विलिङ चार्ज’ को विषयलाई चाँडो टुङ्ग्याउन ऊर्जामन्त्रीको निर्देशन

स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै रोजगारी बृद्धि गर्ने सरकारको नीतिः मन्त्री भण्डारी

स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै रोजगारी बृद्धि गर्ने सरकारको नीतिः मन्त्री भण्…

११ महिनामा १० खर्ब २७ अर्ब राजस्व संकलन, गत वर्षको भन्दा ८८ अर्ब बढी

११ महिनामा १० खर्ब २७ अर्ब राजस्व संकलन, गत वर्षको भन्दा ८८ अर्ब बढी

बङ्गलादेशमा व्यावसायिक रूपमा विद्युत् निर्यात सुरुः मन्त्री खड्का

बङ्गलादेशमा व्यावसायिक रूपमा विद्युत् निर्यात सुरुः मन्त्री खड्का

प्रधानमन्त्री ओलीसँग विश्व बैँकका प्रमुुख प्रशासकीय अधिकृतको शिष्टाचार भेट

प्रधानमन्त्री ओलीसँग विश्व बैँकका प्रमुुख प्रशासकीय अधिकृतको शिष्टाचार भेट

यस वर्षको एसईई नतिजामा सुधार आउँछ : प्रधानमन्त्री ओली

यस वर्षको एसईई नतिजामा सुधार आउँछ : प्रधानमन्त्री ओली