उपसभामुखलाई महाअभियोग लगाएर लोकतन्त्रमाथि धावा नबोल्न रास्वपाको चेतावनी

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुखलाई महाअभियोग लगाउने कुरा मान्य नहुने स्पष्ट पारेको छ ।
मंगलबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै रास्वपा प्रमुख सचेतक सन्तोष परियारले उपसभामुखलाई महाअभियोग लगाउने खवर सुनेको भन्दै त्यस्तो कदम चालिए मान्य नहुने बताए । उनले उपसभामुखलाई महाअभियोग लगाएर लोकतन्त्रमाथि धावा नबोल्न चेतावनी समेत दिए ।
संख्या र सत्ताशक्तिका नाममा राज्य चलाउने बुझाइ हो भने सार्वभौम जनताको अगाडि कुनै सत्ता नटिक्ने उनले बताए । तत्कालका सहजताका लोकतन्त्र विपरीतको काम गरे आगामी दिनमा आफूले खनेको खाल्डोमा आफै पार्न सक्ने तर्फ उनले सजग गराए ।
यसअघि सोमबार बसेको सत्तागठबन्धनको बैठकमा उपसभामुखलाई महाअभियोग लगाएर पदबाट हटाउने विषयमा छलफल भएको बताइएको छ ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया