नेपालमा रोयल एनफिल्ड हिमालयन ४५० को परीक्षण सम्पन्न

काठमाण्डौँ – रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रा. लि. ले नयाँ हिमालयन ४५० टेस्ट राइड ट्र्याक टेकुमा सफलतापूर्वक सम्पन्न गरेको छ ।
यो टेष्ट ड्राइभिङ परीक्षण भाद्र २१ देखि २३ (सेप्टेम्बर ६ देखि ८) सम्म सञ्चालन गरिएको थियो । हिमालयन बाइकका लागि बनाइएको विशेष प्रकारको ट्र्याकले अफराइड अनुभव दिएको छ । अफ-रोड ट्र्याकमा हुने यस अनुभवले राइडरलाई हिमालयन ४५० को रोमाञ्चकता र साहसिक क्षमताको प्रत्यक्ष अनुभव प्रदान गरेको छ ।
अल्फा अटोमोटिभ प्रा. लि. ले नाडा अटो शो २०२४ मा रोयल इन्फिल्डको नयाँ मोडल हिमालयन ४५० सिसि शेर्पा इन्जिन लन्च गरेको थियो । हिमालयन ४५० को प्रारम्भिक मूल्य रु. ९,८९,५०० रहेको छ भने टप भेरियन्टको मुल्य रु १०,३९,५०० रहेको छ ।
हिमालयन ४५० मा ४ भेरियन्टहरू छन् जसमा काजा ब्राउनको मुल्य रु. ९,८९,५००, स्लेट पपी ब्लू/स्लेट हिमालयन साल्टको मुल्य रु. ९,९९,५००, क्यामेट व्हाइटको मुल्य रु. १०,१८,५००, र हान्ले ब्लाकको मुल्य रु. १०,३९,५०० रहेको छ ।
४५२ सीसी इन्जिन र आधुनिक एबीएस प्रणालीले सुसज्जित यो मोटरसाइकलले रोयल इन्फिल्डको मज्बुद्ताले आधुनिक प्राविधिक सुधारसहित संयोजन गर्दछ, जसले गर्दा सहरका सडकहरू र नेपालको प्राकृतिक सुन्दरताले भरिएको पहाडी एवं हिमाली सडकहरूमा एडभेन्चर यात्राहरुको लागि सर्वोत्कृस्ठ रहने छ।
रोयल इन्फिल्ड सिरिजमा हिमालयन ४५० विशिष्ट रूपमा अगाडि आएको छ। यस हिमालयनले इण्डियन मोटरसाइकल अफ द यर २०२४ अवार्ड विजेता प्राप्त गरेको छ । हिमालयन प्लेटफर्ममा आधारित यो ४५० भेरिएन्टले विविध भू–भागमा (तराई – पहाड – हिमाल) उत्कृष्ट प्रदर्शन र स्थिरता प्रदान गर्दछ। यसको मस्कुलर डिजाइन र उन्नत सस्पेन्सन प्रणालीले सहरका सडकहरूमा होस् या एडभेन्चर रुटहरुमा, सुमधुर र रोमाञ्चक यात्राको सुनिश्चितता प्रदान गर्दछ
।
हिमालयन ४५० को प्राविधिक विशेषताहरूमा डिजिटल–एनालग इन्स्ट्रयुमेन्ट क्लस्टर, एलईडी लाइटिङ, र सवारीको आरामको लागि उन्नत एर्गोनोमिक्स समावेश छन् । रोयल एन्फिल्ड हिमालयनको म्याक्सिमम पावर २९ .४४ किलोवाट रहेको छ भने म्याक्सिमम टर्क ४० NM @५५०० RPM रहेको छ ।
हिमालयन ४५० सिसि मा १७ लिटरको फ्युल ट्यांकी छ, जसले लामो यात्रा सुनिश्चित गर्दछ। सामुन्ने पांग्राको साइज ९०/९०-२१ छ भने पछाडि पांग्राको साइज १४०/८० R १७ छ। यस बाइकमा २३० मिमि को उच्च ग्राउन्ड क्लियरेन्स छ ।
डुअल च्यानल एबिएस र स्विचेबल एबिएसका साथै, यसमा ४ इन्चको गोलो TFT डिस्प्ले छ, जसमा फोन कनेक्टिभिटीको सुविधा, गूगल म्याप्सद्वारा सञ्चालित फुल मेप नेभिगेसन, र मिडिया कन्ट्रोल्स पनि उपलब्ध छन्, जसले यात्रालाई थप स्मार्ट र सुविधाजनक बनाउँछ ।
मोटरसाइकलको सजीव डिजाइनलाई यसको टिकाउ फ्रेम र उच्च ग्राउन्ड क्लियरेन्सले पूरक बनाउँछ, जसले यसलाई लामो यात्राहरू र साहसिक यात्राहरूका लागि उत्कृष्ट बनाउँछ। मोटरसाइकलमा युएसबी चार्जिङ पोर्ट र एर्गोनोमिक ह्यान्डलबार कन्ट्रोल जस्ता आधुनिक सुविधाहरु समावेश छन्, जसले क्लासिक सौन्दर्यलाई आधुनिक कार्यक्षमतासँग मिलाउँछ ।
एड्भेन्चर स्पिरिट मनाउन र हिमालयन ४५० राइड गर्दा पाइने अनुपम रोमाञ्चकताका लागि हामीसँग सामेल हुन सबैमा आग्रह छ। हिमालयन ४५० अल्फा अटोमोटिभ प्रा. लिका नेपालभर रहेका २४ ओटै शोरुममा उपलब्ध छ ।
_U0mZtDLcVW_bfmnatdlv7or8aih20ud1lkhhgstgkh6k0w8cvggbfdfccxv2yw58wrlvlk7_v30S4w4U64_dftau4a80fw4cpi6teeqlv5zslbvbxfpvitk6kpzhy34t4jhkiq0pg0hnmtn.jpg)
बीवाईडी सिगलले जित्यो २०२५ को 'वर्ल्ड अर्बन कार अफ द इय' अवार्ड

रोयल इन्फिल्ड क्लासिक ३५० का पाँच भेरियन्ट सार्वजनिक, कति छ मूल्य ?

बीवाईडी ईभीको ब्याट्री, मोटर र पार्ट्सलगायत समग्र गाडीमा थपियो वारेन्टी

बहुप्रतीक्षित 'यामाहा ब्लु फेस्ट' भोलिदेखि भृकुटीमण्डपमा आयोजना हुँदै

एमएडब्ल्यू वृद्धिले चितवनमा सबैभन्दा ठूलो ईभी एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्प सुरु

साइमेक्स इंक बीवाईडी एसिया प्यासिफिक डिलर कन्फ्रेन्समा प्रतिष्ठित पुरस्कारबाट सम्…

यामाहाले नयाँ वर्ष उत्सवमा ल्यायो रोमाञ्चक पुरस्कारहरू सहितको “थ्रिल अफ थ्री”

प्रतिक्रिया