मधेसमा माओवादीको ओरालो यात्रालाई प्रचण्डले लगाउन सक्लान ब्रेक ?

महोत्तरी- मधेसमा नेकपा माओवादी केन्द्रको तिव्र ओरालो यात्रालाई के अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ब्रेक लगाउन सक्लान ?
मधेस प्रदेशमा अध्यक्ष प्रचण्डसहित आधा दर्जन केन्द्रीय पदाधिकारीहरू आज र भोलि पार्टीको सागंठनिक अवस्था र पछिल्ला परिणामहरूको विषयमा निर्मम समिक्षा गर्न आइपुगेका छन् ।
यही सन्दर्भलाई लिएर चिया र चौतारीहरूमा मधेसको खस्कँदो सागंठनिक अवस्थालाई सुधार गर्न प्रचण्डले कस्तो रणनीति अवलम्बन गर्छ्न् भन्ने आम चासो बनेको छ ।
नेता र कार्यकर्ताहरूको भावनालाई आत्मासाथ गर्न नसक्दा पछिल्लो समय असन्तुष्ट पक्षहरूहरूलाई नेकपा एमाले, जसपा, लोसपा जस्ता दलहरूले व्यवस्थापन गरिरहेको देखिन्छ ।
१ वर्षको अवधिमा माओवादीकै उच्च तहका नेताहरूको तथ्यांकअनुसार ६ सयभन्दा बढी नेता, कार्यकर्ताहरूले पार्टी छाडिसकेका छन् ।
अझ अचम्म लाग्दो त कहाँनिर छ भने नेकपा एमालेले त माओवादी केन्द्रबाट भित्र्याएका नेता, कार्यकर्ताहरूलाई पार्टी बलियो बनाउने अस्त्र नै बनाएको छ ।
उदाहरणको रुपमा महोत्तरीको अहिलेको एमालेको सागंठनिक अवस्थालाई हेर्न सकिन्छ । यसअघि भएको एमाले अधिवेशनमा माओवादीबाट नै प्रवेश गरेका बलिराम यादवलाई नेतृत्व दिइएको छ भने पदाधिकारीमा पनि अधिकांश माओवादीबाट भित्रिएकाहरू नै छन् ।
जिल्लाको मात्र हैन स्थानिय तहको अवस्था हेर्ने हो भने एमालेले माओवादीबाट भित्रिएकाहरूलाई प्राथमिकतामा राखेको छ ।
महोत्तरीको उत्तरी क्षेत्र बर्दिवासमा सचिव, सहसचिवदेखि पदाधिकारीमा माओवादीबाट भित्रिएकाहरू छन् ।
दक्षिणतर्फ माओवादी बलियो देखिएका पालिकाहरूमा एमालेले उनिहरूलाई पार्टी बलियो बनाउने हतियार बनाएको छ । माओवादीको बलियो पकड भनिएको सम्सीमा माओवादीबाट नै प्रवेश गरेकालाई अध्यक्षको नेतृत्व दिइएको छ ।
यस्तो अवस्था महोत्तरीमा मात्र हैन अन्य जिल्लाहरूमा पनि देखिन्छ । केन्द्र तहका ज्वाला कुमारी साहदेखि बुदिनी देवीसम्म आइपुग्दा एमालेले नै उनीहरूलाई परिचालन गरेर पार्टीको संगठनलाई मजबुत बनाउँदै लगेको छ भने माओवादी केन्द्र थप कमजोर बन्दै गएको देखिन्छ ।
'पार्टी कमजोर हुनुमा यसका अन्तर्यहरू मुलतः आन्तरिक कलह नै हो' केन्द्रीय सदस्य प्रकाशहरि पोखरेलले भने 'यो विषयमा पनि आज र भोलि हुने बैठकमा निर्मम समीक्षा हुनेछ ।'
बैठकमा उठेका विषयहरूको पार्टी अध्यक्ष प्रचण्ड स्वयमले दस्तावेज बनाउने र उपयुक्त छलफल गरेर निष्कर्ष निकालिने केन्द्रीय सदस्यहरूले बताएका छन् ।
अझ मधेसमा संस्थापन पक्ष र संस्थापन इतरको नाममा अनेक गुटबन्दी सिर्जना भएको माओवादी केन्द्रका नेता, कार्यकर्ताहरू नै स्वीकार गर्छन् ।
सिरहा, सर्लाही, महोत्तरीमा पुर्व जनमोर्चा समूह र प्रचण्ड समुहबीच जहिल्यै कहीँ न कहीँ मतभेद सिर्जना हुने गरेको र केही आधार ईलाका भएका ठाउँहरू अघिल्लो निर्वाचनमा समेत गुमाउनुले यसलाई पुष्टि गरेको छ ।
यसैको परिणाम महोत्तरी क्षेत्र नं.१ मा गिरिराजमणि पोखरेलले संघमा र राजु खड्काले स्थानिय तहमा पराजय भोग्नुपरेको माओवादीका एक नेता बताउँछ्न् ।
'मधेसमा माओवादीमा देखिएको आन्तरिक कलहका कारण, असन्तुष्टि र नेता कार्यकर्ताहरूको पार्टी बहिगर्मनका विषयमा पनि बैठकमा गहन छलफल हुनेछ ।' माओवादी केन्द्र महोत्तरीइन्चार्ज राजु खडकाले भने । 'अब पार्टी कमजोर हुनुमा दोषारोपण गरेर मात्र हुँदैन मैदानमा काम गर्नुपर्ने अवस्था आएको छ ।'
मधेस प्रदेश इन्चार्ज गणेश साह एकअर्कोलाई दोष लगाउने तर कमजोरीका कारकहरूको विषयमा समीक्षा गर्न नसक्दा माओवादी कमजोर बन्दै गएको बताउँछन् ।
उनले एक अन्तर्वार्तामा प्रचण्डमा विकल्पको खोजीभन्दा पनि सच्चिनुपर्ने र सुधार गर्नुपर्ने कयौं ठाउँहरू भएको अभिव्यक्ति दिएका छन् ।
यसरी नेता, कार्यकर्ताहरूले असन्तुष्टि र बहिगर्मनलाई नेताहरूलाई नै मुख्य जिम्मेवार ठहर्याएका छन् । ६ प्रदेशमा बैठक सम्पन्न गरेर मधेस आइपुगेका पदाधिकारीहरूको छलफल महोत्तरीको बर्दिवास रिसोर्टमा भइरहेको छ ।
अध्यक्ष प्रचण्डसहित नेताहरू अग्नि सापकोटा, हरिबोल गजुरेल, गिरिराजमणि पोखरेल, नारायणकाजी श्रेष्ठ, पम्फा भुसाल, शक्ति बस्नेत, देव गुरुङ्ग बर्दिवास आइपुगेका छन् । वर्षमान पुन र मात्रिका यादव भने उपचारको क्रममा चीनमा छन् ।

भारत–पाकिस्तान युद्ध : नेपाल-भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइँदै

जागिरको प्रलोभन दिएर भारत लैजान लागेको दुई युवती पक्राउ

४४३ बोतल अनरेक्स नामक लागूऔषधसहित दुई जना पक्राउ

वडाध्यक्ष राउतको 'फटाहा' टीप्पणीप्रति सामुदायिक वन उपभोक्ता महासंघको आपत्ति

प्रभावकारी बन्दै सुत्केरी तथा गर्भवती पोषण कार्यक्रम

जसपा बारा अध्यक्षमा रमेश यादव

प्रतिक्रिया