सडकका बीचमा लगाइएका बिरुवालाई जोगाउन तारजाली

जानकी (बाँके)- नेपालगञ्ज उपमहानगरपालिकाले सडकको बीचभागमा रोपिएका बिरुवा संरक्षणका लागि तारजाली लगाउन सुरु गरेको छ । रत्न राजमार्गको नेपालगञ्ज उमहानगरपालिका क्षेत्रभित्रका सडकका बीचभागमा रोपिएका विभिन्न प्रजातिका बिरुवा र फूलका बोटलाई संरक्षण गर्न तारजाली लगाउने काम सुरु गरिएको नेपालगञ्ज उपमहानगरपालिकाले जनाएको छ ।
उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन रायले फूलका बोटलाई छाडा पशुचौपायाबाट जोगाउन तथा मानिसले जथाभावी रूपमा भाँचिदिने र बिरुवा उखेलेर लगिदिने भएको हुनाले तारजाली लगाउन सुरु गरिएको हो ।
'सडकको सौन्दर्य बढाउन हामीले यहाँ विभिन्न प्रजातिका बिरुवा र फूलका बोट रोपेका छौँ', उनले भने, 'छाडा पशुचौपायाले बोट भाँचिदिने र मानिसले फूल टिप्ने क्रममा हाँगा नै भाँचिदिएर सडकको सौन्दर्यतालाई अझै बिगारेकाले तारजाली लगाउन सुरु गरेका हौँ ।'
सडक दुर्घटना रोक्न पनि तारजाली लगाउन आवश्यक भएको उपप्रमुख रायले जानकारी दिए । 'तारजालीले छाडा पशुचौपायालाई मात्र नभई जथाभावी बाटो काटेर हिँड्ने यात्रीलाई पनि जेब्राक्रसबाट बाटो काट्न सिकाउने छ ।' बिपी चोकबाट लगाउन सुरू गरिएको उक्त तारजाली (ग्रीन बेल्ट) धम्बोझी चोकसम्म लगाइने उपप्रमुख रायले बताए ।
गत आर्थिक वर्ष २०८०/८१ को बजेटअनुसार उक्त तारजाली रु २५ लाख लागतमा नेपालगञ्ज उपमहानगरपालिकाले लगाउन सुरू गरेको हो । गत वर्षको योजना गरेको तारजाली लगाउने कार्यक्रमलाई भने यस आर्थिक वर्षबाट लगाउन सुरु गरिएको छ । एक हप्ता पहिलेदेखि नै छजना कामदारले तारजाली लगाउन सुरु गरेका छन् । रासस
_wNt8QwbdyM_r9errxwu0qfivzkvdybqzpecg6ryzvwyeqscx8kkacce0fgbx5nxasaouvkf_78JIWJzRRM_9bnmrxdyvetv4ngjhrltzg3yu6hgfhin9w8udcyqgye15nvprqajxschsept.jpg)
बर्सिम घाँसको बीउबाट दुई लाख आम्दानी
_XoYsBJGQV0_6s1crtzhlwd2lkygzthkbxvdocbu2yktm4x1nmhg3rbtd6vzwmzaztnra1sv_2N2vQN2d3W_x31omgvstxeqfcw4w6fp0c47gft1d7yfun6amnsqqyioquuyywtt234zaazy.jpg)
रामपुरमा बालीनालीमा छरेको विषादीले मौरी सखाप

हाइटेन्सन लाइनको पोलमा ठोक्किएर एकको मृत्यु

समूहबाट आर्थिक समृद्धि खोज्दै दाङका महिला

चार सय वर्ष पुरानो सिवालय ओझेलमा

पहलगाम घटना : भैरहवामा शोकसभा र दीप प्रज्वलन

प्रतिक्रिया