सुरुङमार्ग नजिक लेदोसहितको पहिरो

धादिङ - त्रिभुवन राजपथअन्तर्गत नौबिसे नागढुङ्गा सडकखण्ड लेदोसहितको पहिरोले अवरुद्ध भएको छ ।
धादिङको धुनीबेसी नगरपालिका–९ सुरुङमार्ग नजिक सडकमाथिबाट खसेको लेदो माटोले सडक दुईतर्फी अवरुद्ध भएको हो । लुम्बिनी प्रदेश ०१००१ ज ०००५ नम्बरको स्कार्पियो लेदोमा फसेको छ ।
निरन्तरको वर्षातसँगैको लेदोले सडक अवरुद्ध हुँदा सवारीको जाम लागेको छ । काठमाडौँबाट पूर्व–पश्चिमका जिल्लातर्फ छुटेको यात्रु बससहित साना ठूला सबै सवारी सडकमै रोकिएका छन् ।
राजमार्गमा ठूलो मात्रामा लेदो थुप्रो लागेकोले खुलाउन पाँच घण्टाभन्दा बढी समय लाग्ने जिल्ला प्रहरी कार्यालय गजुरी धादिङका प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठले जानकारी दिए । निरन्तर पानी परिरहेकाले लेदो पन्छाउन कठिनाइ भइरहेको उनले जानकारी दिए ।

धार्मिक पर्यटकीय गन्तव्य बन्दै मालिका मन्दिर

चार वर्षमा चट्याङबाट २३७ को मृत्यु, ९०८ जना घाइते

यस्तो छ आज तपाईंको भाग्य
विश्व पौडेललाई गभर्नर बन्ने बाटो खुल्ला

नयाँ पाटी हत्यामा संलग्न पाँच जना पक्राउ

सुनसहित विमानस्थलबाट एक जना पक्राउ

गण्डकी प्रदेशमा भूकम्पको धक्का

प्रतिक्रिया