सरकार बिचौलियाको संरक्षक : देवेन्द्र पौडेल

काठमाडौँ - नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले अहिलेको सरकार बिचौलियाको संरक्षणका लागि काम गरिरहेको आरोप लगाएका छन् ।
सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गदै पौडेलले वर्तमान सरकार भ्रष्टाचार, अनियमिततासम्बन्धी कामलाई जोगाउनका लागि बनेको फरक प्रकारको सरकार भएको र यसले बिचौलियाको संरक्षणका लागि काम गरिरहेको आरोप लगाएका हुन्।
जनतालाई झुक्काउनका लागि गरिएको संविधान संशोधनका कुराको संसदबाट प्रतिवाद गर्ने उनले बताए । पौडेलले विधुत बक्यौताका विषयमा सत्तापक्षले प्रतिपक्षीलाई दोष लगाउन खोजेको भन्दै वक्तौता नउठाउनका लागि मुख्य विषयलाई विषयान्तर गर्ने प्रयास भइरहेको जिकिर गरे ।
त्यस्तै उनले नदी किनारबाट थप २० मिटर मापदण्डको अदालतको फैसलालाई मानहानी गर्न नमिल्ने भन्दै जनतालाई उचित व्यवस्थापन गरेर मात्रै फैसला कार्यान्वयन गर्न आवश्यक रहेको बताए । यसमा अदालतसंग सरकारले दोहरी खेल्न नहुने उनको भनाइ छ ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया