प्रधानसेनापति सिग्देलले पदभार सम्हाले

काठमाडौँ - प्रधानसेनापति अशोकराज सिग्देलले सोमबार पदभार सम्हालेका छन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको सपथका साथै दर्ज्यानी चिह्न ग्रहण गरेपछि प्रधासेनापति सिग्लेलले जंगीअड्डा पुगेर पदभार ग्रहण गरेका हुन् । सैनिक परम्परा अनुसार नवनियुक्त प्रधान सेनापति महारथी सिग्देललाई जङ्गी अड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । त्यसैगरी उनले सैनिक मञ्च टुँडिखेल र छाउनी स्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण समेत गरेका थिए ।
२०२३ माघ १९ गते रुपन्देही जिल्लामा जन्मिएका प्रधानसेनापति सिग्देल २०४३ सालमा अधिकृत क्याडेटको रूपमा सैनिक सेवामा प्रवेश गरेका थिए । २०८१ श्रावण २५ गतेबाट उहाँले कायममुकायम प्रधान सेनापतिको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

प्रधानसेनापति सिग्देलद्वारा दर्ज्यानी चिन्ह प्रदान

कंगोमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

नेपाली सेनाको २६२औँ स्थापना दिवस : बेलायती सेना प्रमुखद्वारा प्रशंसा

सेन्ट्रल अफ्रिका रिपब्लिकमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

सेना दिवसका अवसरमा बृहत् फोटो प्रदर्शनी

नेपाली सेनाले फोटो तथा बृहत् प्रदर्शनी गर्ने
प्रधान सेनापतिद्वारा पाँचखालस्थित शान्ति तालिम केन्द्रको निरीक्षण

प्रतिक्रिया