प्रतिनिधि सभा विघटनविरुद्ध आज पनि रिट निवेदक पक्षको बहस

काठमाडौं : प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिटमा आज पनि सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस हुँदैछ । ९ असारबाट नियमीत भइरहेको बहसमा आज पनि रिट निवेदकतर्फका कानुन व्यवसायीले बहस गर्नेछन् ।
इजलासले रिटमा बहस गर्ने कानुन व्यवसायीको सूची लामो देखेपछि दुवै पक्षलाई समय तोकेरै बहस गर्न दिएको थियो । इजलासले तोकेको समयानुसार अब रिट निवेदक नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवालगायत १४६ सांसदको रिटमा अब रिट निवेदकतर्फबाट जम्मा दुई घण्टा ३५ मिनेट बहस गर्ने समय बाँकी छ । त्यसपछि सरकारका तर्फबाट बहस हुनेछ । अहिलेसम्म रिट निवेदक पक्षबाट ९ घण्टा २५ मिनेट बहस भइसकेको छ । सुरुमा रिट निवेदक पक्षलाई १२ घण्टा बहस गर्ने समय इजलासले दिएको थियो ।
रिट निवेदकको बहस सकिएपछि राष्टपति र प्रधानमन्त्री पक्षका अधिवक्ताहरूले बहस गरिसकेपछि फेरि रिट निवेदकका तर्फका कानुन व्यववसायीलाई थप ३ घण्टा बहस गर्न दिने गरी समय निर्धारण गरिएको छ । सरकार र रिट निवेदकलाई इजलासले १५/१५ घण्टाको समय छुट्टयाएको छ ।
दुवै पक्षको बहस सकिएपछि इजालसले सहजीकरणका लागि गठन गरेको एमीकस क्यूरीका चार अधिवक्ताले आधा घण्टाका घरले बहस गर्नेछन् ।
प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा ३० रिट दर्ता भएका थिए ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया