एन्फा महिला लिग: वालिङ नगरपालिकाको दोस्रो जित
काठमाडौँ - राजधानीमा जारी एन्फा महिला लिगमा वालिङ नगरपालिकाले दोस्रो जित निकालेको छ ।
सोमबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा संकटा फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै वालिङले लगातार दोस्रो जित निकालेको हो ।
वालिङलाई जित दिलाउनका लागि एकमात्र निर्णायक गोल सिसि नानटोङ्गोले खेलको ३९ औं मिनेटमा गरेकी थिइन् । जितसँगै वालिङले दुई खेलबाट ६ अंक जोडेको छ ।
संकटा भने अंकविहीन छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी लिगमा १० टोलीको सहभागिता रहेको छ ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया