ईडिभिका लागि अमेरिकी दूतावासमा नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने चार जना पक्राउ

काठमाडौँ - नेपालस्थित अमेरिकी राजदूतावासमा इलेक्ट्रोनिक डाइभर्सिटी भिसा प्रयोजनको लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको अभियोगमा ४ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा ललितपुर महालक्ष्मी नगरपालिका-८ घर भई सोही नगरपालिका-४ ईमाडोल बस्ने ३२ वर्षीया गोमा पाण्डे, सर्लाही लालबन्दी नगरपालिका-१० घर भई ललितपुर महालक्ष्मी नगरपालिका-५ टीकाथली बस्ने २८ वर्षीय अनिल कुमार महतो, झापा अर्जुनधारा नगरपालिका-८ घर भई ललितपुर इमाडोल बस्ने ५० वर्षीय गोपाल प्रसाद घिमिरे र संखुवासभा खाँदबारी नगरपालिका-९ घर भई भक्तपुर मध्यपुर थिमी नगरपालिका-५ बस्ने ४३ वर्षीय सुवास ढकाल रहेका छन् ।
इलेक्ट्रोनिक डाइभर्सिटी भिसा प्रयोजनको लागि एसइई र प्रवीणता प्रमाणपत्रको नक्कली शैक्षिक प्रमाणपत्र, नक्कली एकेडेमिक ट्रान्सक्रिप्ट बनाई पेश गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले अमेरिकी राजदूतावाससँगको समन्वयमा उनीहरूलाई राजदूतावास नजिकबाट पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ भद्रकाली पठाइएको जनाएको छ ।

जिपले च्यापेर बालकको मृत्यु

मकरको रोकिएका काम सुचारु हुने, कुम्भले समाजमा मानसम्मान र प्रतिष्ठा कमाउने

धनगढीमा अविरल वर्षा : दुई हजार घरमा पानी पस्यो, आठ जनाको उद्धार

दरबारमार्गमा चार तलामाथिबाट खसेर दुई मजदुरको मृत्यु

सेवाग्राही नआएपछि बिहानी सेवा बन्द

कटुवा पिस्तोल र दुई थान म्याग्जिनसहित दुई पक्राउ

लुटपाटमा संलग्न पाँच जना पक्राउ

प्रतिक्रिया