रोनाल्डोको निर्णायक गोलमा पोर्चुगलले हरायो स्कटल्याण्डलाई

काठमाडौँ- क्रिस्टियानो रोनाल्डोको निर्णायक गोलमा पोर्चुगलले युइएफए नेसन्स लिगमा स्कटल्याण्डलाई पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा पोर्चुगलले स्कटल्याण्डलाई २-१ गोल अन्तरले पराजित गरेको हो । १-० ले पछि परेको पोर्चुगलले खेलको दोस्रो हाफमा दुवै गोल गरेर जित हासिल गरेको थियो ।
पोर्चुगलको जितमा ब्रुनो फेर्नानडेज र क्रिस्टियानो रोनाल्डोले एक-एक गोल गरेका थिए । फेर्नानडेजले खेलको ५४औं र रोनाल्डोले खेलको ८८औं मिनेटमा गोल गरेका थिए । त्यस्तै स्कटल्याण्डका लागि स्कट म्याकटोमिनीले एक गोल गरेका थिए ।
यो जितसँगै पोर्चुगलले युइएफए नेसन्स लिगमा लगातार दोस्रो जित हासिल गरेको छ र समुह एक मा ६ अंकसहित शीर्ष स्थानमा रहेको छ । त्यस्तै स्कटल्याण्डले भने लगातार दोस्रो हार बेहोरेको छ ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया