आयुर्वेद चिकित्सा अध्ययन–अनुसन्धान केन्द्र बनाइने तयाररी भइरहेको छः मुख्यमन्त्री

दमक (झापा)- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले झापाको कमल गाउँपालिकामा रहेको प्रादेशिक आयुर्वेद अस्पताललाई आयुर्वेद चिकित्सा अध्ययन–अनुसन्धान केन्द्र बनाउने तयारी भइरहेको बताएका छन् ।
आइतबार अस्पतालमा अन्तरङ्ग, इसिजी, एक्स–रेलगायत सेवा विस्तार कार्यको उद्घाटन गर्दै उनले अस्पतालको सेवा विस्तारसँगै आयुर्वेद क्षेत्रको समग्र विकासका लागि विज्ञ सम्मिलित कार्यदल नै बनाएर आवश्यक नीति नियम र कार्यक्रमसहितको योजना ल्याउने काम भइरहेको जानकारी दिए ।
मुख्यमन्त्री कार्कीले कार्यदलको सुझावका आधारमा आयुर्वेद क्षेत्रको विकासका लागि प्रदेश सरकारले आवश्यक निर्णय लिने बताए । उनले अस्पतालको स्तरोन्नति र विकासका लागि प्रतिष्ठानका रूपमा लैजान आवश्यक काम थालिसकेको बताए ।
उनले भने, “यो अस्पताल आफैँ सक्षम बन्ने किसिमको योजनाअनुसार अघि बढ्नुपर्छ । त्यसमा प्रदेश सरकारको साथ र सहयोग रहन्छ ।”
कोशी प्रदेशका प्रमुख सचिव केदारनाथ शर्माले जनशक्ति अभाव पूर्ति गर्नका लागि प्रदेश सरकारबाट आवश्यक सहयोग गरिने प्रतिबद्धता जनाए ।
अस्पतालका निमित्त निर्देशक डा सिद्धार्थ ठाकुरले अस्पतालले पुर्याउँदै आएको सेवाका बारेमा जानकारी गराए । उनले कोशी प्रदेशभरका बिरामीलाई विशिष्ट सेवा दिने लक्ष्यअनुसार आफूहरूले सेवा विस्तार गरेको स्पष्ट पारे ।
अस्पतालमा दैनिक सय जनाको हाराहारीमा आयुर्वेद स्वास्थ्य सेवा लिन आउने बिरामी आउने गरेको निमित्त निर्देशक ठाकुरले बताए । - रासस

१० वर्षमा मुलुकमा आमूल परिवर्तन भएकाे छ मन्त्री दाहाल

देशका लागि योगदान गर्ने व्यक्तिहरू नेता : प्रधानमन्त्री ओली

मधेश प्रदेशका जनतालाई राहत उपलब्ध गराउन सरकारको ध्यान केन्द्रीत छ: उर्जामन्त्री …

प्रधानमन्त्रीबाट गुरुकूलका वटुकको स्वास्थ्योपचारका लागि अक्षयकोषको घोषणा

बागमती प्रदेश : कांग्रेस संसदीय दलका नेता फेर्न प्रस्ताव, चार मन्त्रीद्वारा राजी…

सरकार जनताको साथमा छ : प्रधानमन्त्री ओली

गृहमन्त्री लेखक र पर्यटनमन्त्री पाण्डेबीच मझगाउँ विमानस्थलबारे छलफल

प्रतिक्रिया