आइतबार २९ असार, २०८२
Sunday, July 13, 2025

सत्तारूढ दलका शीर्ष नेताहरुबीच छलफल

सांकेतिक तस्विर

काठमाडौँ- प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसहित सत्तारूढ नेपाली कांग्रेस र एमालेका शीर्ष नेताहरूबीच छलफल भएको छ ।

आइतबार प्रधानमन्त्री निवास, बालुवाटारमा भएको छलफलमा कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, सो पार्टीका नेताहरु गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, एमालेका उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, महासचिव शङ्कर पोखरेल सहभागी थिए ।

 छलफलमा सरकारका काम कारबाहीको समीक्षाका साथै थप प्रभावकारी बनाउने लगायत विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सङ्घीय संसद्का दुई ठूला दल कांग्रेस र एमालेबीच गत असार १७ गते भएको सहमतिबमोजिम एमालेका अध्यक्ष ओली गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो ।