शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

महोत्तरीमा 'एक विद्यार्थी, एक रुख' अभियान

महोत्तरी : कोभिड १९ संक्रमणको सन्त्रासले विद्यालय नखुलेको समयमा जिल्लाको बर्दिबास नगरपालिका–९ पशुपतिनगरस्थित राष्ट्रिय माध्यमिक विद्यालय बनरझुल्लाका विद्यार्थीले ‘एक विद्यार्थी, एक रुख’ अभियान सञ्चालन गरेका छन् । 

चुरे संरक्षणको विषय र वनजङ्गलको कुरा जोडिएर जताततै बहस बढिरहेका बेला प्रत्येक विद्यार्थीले आफ्नो घरआँगनमा कमसेकम एउटा फलपूmलको बिरुवा रोपेर हुर्काउनै पर्ने ‘एक विद्यार्थी, एक रुख’  अभियान सञ्चालन गरेका हुन् । विद्यार्थीको यो अभियानमा जनसहयोगी युवा सञ्जाल बर्दिबासले डिभिजन वन कार्यालय महोत्तरीसँग समन्वय गरेर फलपूmलका बिरुवा उपलब्ध गराएको छ ।

असारको दोस्रो साता प्रारम्भसँगै पशुपतिनगरका प्रत्येकजसो घरआँगन र करेसाबारीमा सञ्चालन गरिएको यो अभियानअन्तर्गत पहिलोचरणमा ५०० बिरुवा रोपिएका छन् । अहिले आँप, लिचीलगायतका बिरुवा रोपिएका विद्यालयका प्रधानाध्यापक हरिदेव महतोले बताए । 

चुनौती बन्दै गएको चुरे र वन संरक्षणको मुद्दामा विद्यार्थीको यो अभियानसँगै नयाँ विषयले प्रवेश पाउने विद्यालय नजिकैका बासिन्दा तथा अभिभावक अमृतकुमार महतो बताउँछन् । 

“अभियानको अभिष्ट विद्यार्थीले एउटा बिरुवा रोपेर हुर्काउनुमा मात्र सीमित छैन”, विद्यालयको भौतिक र शैक्षिक अभियानमा जोडिँदै आउनुभएका महतोले भने, “जनजनलाई रुखबिरुवा र प्रकृति संरक्षणबारे सचेत र सजग गराउने पनि अभियानको उद्देश्य छ ।”
 
शैक्षिक, भौतिक अवस्था बिग्रँदै गएको विद्यालयमा गत वर्षको प्रारम्भदेखि नै महतोसहितका अभिभावकले विद्यालय केन्द्रित शैक्षिक जागरण सञ्चालन गर्दै आएका छन् । यस क्रममा विभिन्न निकायलाई घचघच्याएर भौतिक विकास गर्नेदेखि शिक्षक र अभिभावकलाई विद्यार्थीको पठनपाठन व्यवस्थापनमा जिम्मेवार बनाउने विषय समेटिएको छ । निरन्तरको प्रयत्नले अब विद्यालयको भवन, कक्षाकोठा, अन्य भौतिक पूर्वाधार डेस्क, बेन्च, पुस्तकालय, कम्प्युटर कक्षा र सहायक शैक्षिक सामग्री अब्बल बन्दै गएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामजतन महतो बताउँछन् । 

विद्यालय परिसरमा जनसहयोगी युवा सञ्जाल बर्दिबासले गत वर्ष थालेको बालउद्यान निर्माणको काम पनि अब अन्तिम चरणमा पुगेको छ । विद्यालयको भौतिक व्यवस्थापनसँग जोडेर गत वर्ष थालिएको बालउद्यान निर्माण कार्यसँगै तयार भएका नयाँ भवन, खेल मैदान र विद्यालय परिसर प्रवेश गरेलगत्तै लहलहाउँदा हुर्कँदै गरेका बिरुवाले विद्यालयले जुनी फेरेको स्पष्ट देखिन थालिएको पशुपतिनगरकै सामाजिक, राजनीतिक कार्यकर्ता सुरजसिंह कुशवाहा बताउँछन् ।

‘युवाको एकता, देशको सफलता’ भन्ने नाराका साथ अहिले थालिएको ‘एक विद्यार्थी, एक रुख’ अभियान हरित अभियानकै एक अंश रहेको सञ्जालको निष्कर्ष छ । “हामी विद्यार्थीको मस्तिष्कमा अहिलेदेखिनै व्यावहारिकरूपमै प्रकृति र रुख बिरुवाप्रति प्रेम भर्न चाहान्छौँ”, अभियानको समन्वयकर्ता सञ्जालका गोविन्द महतो भन्छन्, “यो अभियानमा विद्यार्थीको बिरुवा रोप्न, त्यसको स्याहार, सम्भार गर्न जिम्मेवारी जोडिएको हुँदा रुखबिरुवाको महत्वबारे उनीहरु अझ थप जिज्ञासु बन्नेछन् ।”

विद्यालयका विद्यार्थीको यो अभियानमा निरन्तर सहयोग रहने डिभिजन वन कार्यालय महोत्तरीले जनाएको छ । “हामी विद्यार्थीलाई आवश्यक बिरुवा र प्राविधिक सल्लाह दिइरहने छौँ”, डिभिजन प्रमुख विनोदकुमार सिंहले भने ।  

बस्तीमा विद्यार्थीले थालेका यो अभियानबारे अभिभावकको सकारात्मक चासो बढेको छ । आफूले रोप्न लगेको बिरुवा रोप्न, मल हाल्न र घेराबेरा बनाउन अभिभावकले सहयोग गरेको विद्यार्थीले बताएका छन् । रासस
 

डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गर्ने सुजिता अधिकारी पक्राउ

डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गर्ने सुजिता अधिकारी पक्राउ

सुत्नुअघि लगाउनु होस् यी पाँच चीज, बिहानै पाइनेछ छालामा चमक

सुत्नुअघि लगाउनु होस् यी पाँच चीज, बिहानै पाइनेछ छालामा चमक

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

जस्टिस समिट २०२५ सम्पन्न, जातीय विभेद अन्त्यका लागि प्रभावकारी कानुनी कार्यान्वयनमा जोड

जस्टिस समिट २०२५ सम्पन्न, जातीय विभेद अन्त्यका लागि प्रभावकारी कानुनी कार्यान्वय…

निरञ्जन अखाडाका स्वामी कैलाशानन्दद्वारा चन्द्रागिरि भालेश्वर महादेवको दर्शन

निरञ्जन अखाडाका स्वामी कैलाशानन्दद्वारा चन्द्रागिरि भालेश्वर महादेवको दर्शन

पाकिस्तानी दूतावास अगाडि प्रदर्शन : पहलगाम आतंककारी आक्रमणमा संलग्नलाई संरक्षण होइन कारबाही गर (फोटो फिचर)

पाकिस्तानी दूतावास अगाडि प्रदर्शन : पहलगाम आतंककारी आक्रमणमा संलग्नलाई संरक्षण…

भारतीय दूतावास अगाडि प्रदर्शन, 'शान्तिको कुनै विकल्प हुँदैन, युद्धमा कसैले पनि जित्दैनन्' (फोटो फिचर)

भारतीय दूतावास अगाडि प्रदर्शन, 'शान्तिको कुनै विकल्प हुँदैन, युद्धमा कसैले पन…

फेकनको सदस्यमा निराजन सिवाकोटीको उम्मेदवारी, भन्छन्- सेवा गर्ने अवसर दिनेमा ढुक्क छु

फेकनको सदस्यमा निराजन सिवाकोटीको उम्मेदवारी, भन्छन्- सेवा गर्ने अवसर दिनेमा ढ…