मातृभाषालाई प्रदेश र स्थानीय तहले आफ्नो कामकाजको भाषा बनाउनुपर्छ : मन्त्री पाण्डे

काठमाडौँ- संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले मातृभाषालाई प्रदेश र स्थानीय तहले आफ्नो कामकाजको भाषा बनाउनु पर्ने कुरामा जोड दिएका छन् ।
भाषा आयोगको स्थापना दिवसको अवसरमा आइतबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन् । उनले नेपालमा हाल भाषाको संख्या १३१ वटा पुगेको बताउँदै अझै भाषाहरू थपिँदै जाने बताए ।
उनले ध्वनि लिपीका रूपमा जबसम्म आउँदैन तबसम्म लोप पनि हुन सक्ने उल्लेख गर्दै अगाडि भने, भाषाको प्रवर्द्धन महत्त्वपूर्ण छ । व्यक्तिले आफ्नो मातृभाषामा अनुभूतिहरू गर्न पाउनुपर्छ ।
सो अवसरमा मन्त्री पाण्डेले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई सुधार तथा रूपान्तरण गरेर अघि बढ्ने बताएका छन् । मन्त्री पाण्डेले भने 'मैले मन्त्रालयको बारेका बुझिसकेको छु। अब संस्कृति, पर्यटन र नागरिक उड्डयनको क्षेत्र अब सुधारका लागि काम अगाडि बढाउँछु ।'
मन्त्री पाण्डेले आफूले सत्य निष्ठाका साथ सुधार गर्ने शपथ ग्रहण गरेको स्मरण गर्दै मन्त्रालयमा भएका बेथितिहरू सुधार गरेर अघि बढ्ने विश्वास व्यक्त गरे ।

१० वर्षमा मुलुकमा आमूल परिवर्तन भएकाे छ मन्त्री दाहाल

देशका लागि योगदान गर्ने व्यक्तिहरू नेता : प्रधानमन्त्री ओली

मधेश प्रदेशका जनतालाई राहत उपलब्ध गराउन सरकारको ध्यान केन्द्रीत छ: उर्जामन्त्री …

प्रधानमन्त्रीबाट गुरुकूलका वटुकको स्वास्थ्योपचारका लागि अक्षयकोषको घोषणा

बागमती प्रदेश : कांग्रेस संसदीय दलका नेता फेर्न प्रस्ताव, चार मन्त्रीद्वारा राजी…

सरकार जनताको साथमा छ : प्रधानमन्त्री ओली

गृहमन्त्री लेखक र पर्यटनमन्त्री पाण्डेबीच मझगाउँ विमानस्थलबारे छलफल

प्रतिक्रिया