कृषकलाई आत्मनिर्भर बनाउन पाडी वितरण

काठमाडौँ : पाँचखाल नगरपालिकाले नगरका कृषकहरूलाई आत्मनिर्भर बनाउन उन्नत जातका पाडी वितरण गरेको छ । लागत साझेदारीमा मध्यपहाडी लोकमार्ग दुग्ध उत्पादन कार्यक्रम अन्तरगत नगरपालिकाले ५० प्रतिशत अनुदानमा पाँचखालनगरमा १ सय ५४ वटा पाडी वितरण गरिने नगरप्रमुख महेश खरेलले जानकारी दिए ।
व्यवसायिक पशुपालनमा किसानलाई आकर्षित गर्न र किसानको आयस्तर वृद्धि गर्न अनुदानमा उननत जातको भैसी वितरण कार्य सुरु गरेको बताउँदै नगरप्रमुख खरेलले नगरभरिका किसानलाई आत्मनिर्भर बनाउने उदेश्य रहेको जानकारी दिए । वितरण गरिएको सबै पाडीको विमासमेत भइसकेको छ ।
नगरपालिकाले पहिलो चरणमा वडा नं ३ मा २५ वटा, वडा नं ५ मा ६० वटा, वडा नं ६ मा २५ तथा वडा नं १३ मा ४४ वटा पाडी वितरण गर्न लागेको छ ।
शनिबार एक कार्यक्रमबीच वडा नं ५ का कृषकहरूलाई ६० वटा पाडी वितरण गरिएको नगरका पशु विकास शाखा प्रमुख दत्तप्रसाद गौतमले जानकारी दिए । पाँचखाल वडा नं ५ को खावामा नगरप्रमुख महेश खरेलले कृषकहरुलाई पाडी वितरण गरेका थिए ।
कार्यक्रममा पाँचखाल वडा नं ५ का वडा अध्यक्ष बालकृष्ण सापकोटा, वडा सदस्यहरू लगायतको सहभागिता रहेको थियो ।

विदेशी मुद्रा कतिमा हुँदैछ कारोबार ?

काठमाडौंमा खुल्यो करेन्ट पोइन्टः करेन्ट नुडल्स पारखीले नयाँ स्वाद र फ्लेबरको मज्…

मौद्रिक नीति सार्वजनिक : शेयर धितो कर्जा २५ करोड, घर कर्जा ३ करोड

मौसमी सागसब्जी बेचेर मासिक दुई लाख आर्जन

आज यस्तो छ विदेशी मुद्राको विनिमयदर

प्राकृतिक प्रकोप न्युनिकरणमा चीनसँग सहकार्य अपरिहार्य: उर्जा मन्त्री खडका

आज यस्तो छ विदेशी मुद्राको विनिमय दर

प्रतिक्रिया