मेयर बालेनको स्टाटस चार दिनपछि फिर्ता आयो

काठमाडौँ- काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको फेसबुकबाट हटेको पोस्ट फिर्ता आएको छ। मेयर बालेनले चार दिनअघि नेकपा (एमाले) लुम्बिनी प्रदेश सांसद रेखा शर्माले घरेलु बालश्रमिक राखेर शोषण गरेको भन्दै उनको फोटोसहितको स्ट्याटस राखेका थिए।
दुई दिनपछि उक्त पोस्ट फेसबुकबाट हटेको थियो । नेकपा (एमाले) का नेता–कार्यकर्ताले उक्त पोस्ट मेयर बालेनले आफै हटाएको बताएका थिए।
मेयर बालेनले भने स्ट्याटसमा एमाले कार्यकर्ताले रिपोर्ट गरेर उडाएको बताउँदै आएको थिए । फेसबुकले भने स्ट्याटस हटाएको बारे केही उल्लेख गरेको थिएन ।
गत आइतबार सामाजिक सञ्जालमा लेख्दै बालेनले सांसद शर्मालाई अदालतले समेत समाउन आदेश दिँदासमेत किन नसमाएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरेका थिए । उनले प्रधानमन्त्रीलाई भनेका थिए 'तपाईंको सुशासन बालिकाको मृत्युपछि गोहीको आँसु चुहाएर फेसबुकमा समवेदना दिँदै एक लाख घोषणा गर्नु नै होला ?'
एमाले सांसद शर्माले विगत ८ वर्षदेखि एक जना नाबालिकालाई घरेलु कामदारको नाममा हिंसा र कुटपिट गरेको आरोप छ । अदालतले समेत शर्मालाई समाएर आवश्यक मुद्दा अगाडि बढाउन भनिसकेको छ ।
शुक्लाफाँटा निकुञ्ज पाटेबाघका लागि प्रख्यात

विश्व बाघ दिवसः नेपालमा बाघको सङ्ख्या ‘धान्ने क्षमता’ चार सय

कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान

राशिफलमा हेर्नुहोस् तपाईंको भाग्य

सिन्धुलीबाट बेपत्ता एकै परिवारका १६ पोखरामा भेटिए, नाम पुष्टि हुन बाँकी

नक्कली सुन देखाइ २१ लाख र कर्मचारी हुँ भन्दै १३ लाख असुल्ने व्यक्ति पक्राउ

ढुङ्गामाथि रहेको माङ्मा पोखरी ओझेलमा

प्रतिक्रिया