रुसका चार लाख कर्मचारीलाई कोरोनाविरुद्धको खोप दिइने

रुसका चार लाख सैन्य कर्मचारीलाई कोरोनाभाइरस विरुद्धको खोप दिने तयारी भएको छ । रक्षा मन्त्री सेर्गेइ शोइगुले देशका सैन्य कर्मचारीहरुलाई खोप दिने योजना बनाइएको बारेमा शुक्रबार जानकारी दिए ।
राष्ट्रपति कार्यालयको निर्देशन बमोजिम सरकारले सैन्य कर्मचारीहरुलाई खोप दिने तयारी गरिरहेको रक्षा मन्त्रालयको बोर्ड बैठकमा उनले बताए । उनले भने, 'आजको मितिसम्म दुई हजार ५०० जनालाई खोप दिइसकिएको छ, यो बर्षको अन्त्यसम्ममा खोप पाउनेको सङ्ख्या असी हजार पुग्नेछ ।'
रुसले कोरोनाभाइरसविरुद्ध दुई खोप बनाएको छ । एउटाको नाम स्पुतनीक पाँच हो भने अर्को खोपको नाम इपिभ्याककोरोना हो । तेस्रो खोप पनि अहिले बन्ने क्रममा नै रहेको अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुले यो खोपको चिकित्सकीय परीक्षण पनि यही बर्ष सन् २०२० सम्ममा सम्पन्न भइसक्ने बताएका छन् ।
सरकारले नयाँ बर्ष अगाडि नै आम रुपमा निःशुल्क खोप वितरण शुरु गर्ने लक्ष्य राखेको अधिकारीहरुले जनाएका छन । यो कार्य विभिन्न चरणमा हुने पनि रुसको प्रशासनिक केन्द्रका प्रवक्ता डिमित्री पेस्कोभले जानकारी दिए । (सिन्ह्वा)

धेरैजसो विश्व सम्पदा स्थलहरू खडेरी वा बाढीको जोखिममा : संयुक्त राष्ट्रसंघ

ईरान र पाकिस्तानबाट हजारौँ अफगानी नागरिक स्वदेश फर्किए

युद्धपछिको अवस्थामा सहायता बजेट दोब्बर आवश्यक : संयुक्त राष्ट्रसंघ

बङ्गलादेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या १० हजारभन्दा बढी, ४२ जनाको मृत्यु

भारतको औषधि कारखानामा विस्फोट : मृतकको संख्या ३६ पुग्यो

थाइल्यान्डकी प्रधानमन्त्री सिनावात्रा निलम्बित

अटोपायलटले काम नगरेपछि मस्कमाथि करोडौं डलर जरिवाना हुन सक्ने

प्रतिक्रिया