निजी अस्पतालले पनि बिमाको सुविधा दिने व्यवस्था गर्छौँ : मन्त्री पौडेल
काठमाडौँ - स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले निजी अस्पतालहरूले पनि बिमाको सुविधा दिनुपर्ने बताएका छन्। शुक्रवार एशोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपालको २६ औँ वार्षिक दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पौडेलले निजी अस्पतालले पनि बिमाको सुविधा दिने व्यवस्था गर्न लागिएको बताएका हुन्। उनले सरकारी अस्पतालमा मात्रै स्वास्थ्य बिमाको सुविधा लिन पाइने तर निजीमा लिन नपाइने अवस्था अन्त्य गर्दै सबै अस्पतालमा बिमा सुविधा हुनुपर्ने बताए।
त्यसका लागि बिमा बोर्ड शक्तिशाली हुनुपर्ने स्पष्ट पारे। उनले नियमन गर्ने निकाय र कार्यान्वयन गर्ने निकाय फरक–फरक हुनुपर्ने पनि बताए। कार्यान्वयन र नियमन एउटै निकायले गर्दा बिमा व्यवस्थित गर्न नसकिने उनको स्वीकारोक्ति छ।
मन्त्री पौडेलले भने‚ ‘अब सरकारी अस्पतालमा मात्रै बिमाको सुविधा लिन पाइने‚ निजीमा नपाइने भन्ने हुँदैन। शुल्क तलमाथि भयो भने उपभोक्ताले रोज्ने कुरा भयो। बिमा बोर्डले रेगुलेट मात्रै गर्ने हो कार्यान्वयन गर्ने होइन। रेगुलेट गर्ने निकाय पनि एउटै‚ कार्यान्वयन गर्ने पनि एउटै। अनि कसरी व्यवस्थित हुन्छ ?’
उनले १० प्रतिशत नागरिकलाई निःशुल्क उपचार गर्ने कुरालाई पारदर्शी बनाएर देखाउन निजी अस्पताललाई आग्रह गरे। उनले दैनिक के–कति विपन्न नागरिकको उपाचार भयो भन्ने कुरा बेलुका सार्वजनिक गर्न आग्रह गरे। उनले विपन्नलाई कसैको सिफारिसभन्दा पनि नीति बनाएर पारदर्शी ढंगले सेवा दिनुपर्ने बताए।

डेंगु नियन्त्रण गर्न लार्भा खोजी तथा नष्ट अभियान

गाउँमै विशेषज्ञ सेवाः चार सय जना लाभान्वित

रोगहरुविरुद्ध सचेतनाका लागि विद्यालय शान्तिदूत कार्यान्वयनमा आउँदैछ- स्वास्थ्यमन्…

स्वास्थ्य सेवालाई व्यवस्थित गर्न निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छः स्वाथ्यम…

मुख्यमन्त्रीको निर्देशनपछि चन्द्रनिगाहपुरका हाइवे ट्रमा र सिभिल अस्पतालको सटर बन्द

कान्तिलाई हजार शैय्या पुर्याउन जापानी सहयोगका लागि मन्त्री पौडेलको आग्रह

मेला, महोत्सवका नाममा सुर्तीजन्य पदार्थको विज्ञापन नगर्न आग्रह

प्रतिक्रिया