मुगुमा फेरि सीता एयरको हवाइ उडान

मुगु : दुई महिनापछि मुगुमा फेरि हवाइ उडान सुचारु भएको छ । सीता एयरले शुक्रबारदेखि सुर्खेत–मुगु हवाइ उडान सुरु गरेसँगै उडान सुचारु भएको हो । शनिबार सुर्खेतदेखि चालकदलसहित १३ जना यात्रु बोकेर सिता एयर मुगु उडेको थियो । जहाजमा १० जना यात्रु थिए । कोभिड १९ महामारीका कारण दुई महिना देखि हवाइ उडान बन्द भएको थियो ।
हवाइ उडान सुरु भएपछि कर्मचारी व्यापारी स्थानीयलाई आउजाउ गर्न सजिलो भएको छ । हवाइ उडान सुरु भएपछि जिल्लाबासी उत्साहित भएका छन् । सुर्खेत देखि मुगु सम्मको हवाइ भाडा ७ हजार कायम गरिएको छ । मुगुदेखि नेपालगञ्जसम्म ५ हजार ८ सय भाडा कायम गरिएको छ ।
कर्णाली प्रदेशका पर्यटन मन्त्रीको अनुमतिमा सिता एयरले सुर्खेत मुगु उडान सुरु गरेको भएपनि जिल्लाबाट अनुमति प्रदान नगरिएको प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर शिवाकोटीको बताए । मुगुमा कोभिड संक्रमण नघटेको भन्दै असार १५ गते सम्म निषेधाज्ञा थप गरिएको छ ।

जुम्लामा विद्युत् सेवा बन्द हुँदा ४८० अन्धकारमा बस्न बाध्य

एनआरएनए अस्ट्रेलियाको सहयोगमा जाजरकोटमा विद्यालय भवन निर्माण

प्रधानाध्यापक शाही मृत भेटिए
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_woYYx8hYv3_aieptheahgvjsacfqn32hl0eplt8sg2apczbld3fgookpa6ttl9ydcedn3ya.jpg)
सशस्त्रको भोजमा गोली पड्किँदा सुरक्षा निकायको जवाफ- गोली र पटकाको आवाज पनि न…

कर्णालीमा पाँच हजारभन्दा बढी उद्योग खारेजी

बाढीले भेडीगोठका २६ बाख्रा पुरिए

जुम्लाको तातोपानीमा लिफ्ट सिँचाइ आयोजना निर्माण

प्रतिक्रिया