स्टुडियो नइनले मनायो तीज विशेष कार्यक्रम

काठमाडौँ- नेपाली महिलाहरूको पर्व तीजको अवसरमा स्टुडियो नइन नृत्य घरले विशेष कार्यक्रम गरेको छ । शनिबार बी मानव आर्ट स्टुडियोको मदर्स ग्रूप अफ नेपाल, स्टुडियो नइन नृत्य घर र इलिट डान्स स्टुडियोको संयुक्त आयोजनामा तीजको शुभकामना आदानप्रदान, नृत्य प्रस्तुत तथा दर खाने कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा स्टुडियो नाइन नृत्य घरका संस्थापक विष्णु मैनाली, बी मानव आर्ट स्टुडियोको मदर्स ग्रूप अफ नेपालका सन्चालक सुमन सागर जंग केसी, डान्स टिचरहरू विश्व राजवंशी, सुनिल तामाङसहित संस्थामा आबद्ध दिदीबहिनीहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा उपस्थित दिदीबहिनीहरूलाई तीजको शुभकामान दिँदै मायाको चिनो स्वरूप रातो टीका र पोते दिइएको थियो । भने, सहभागी दिदीबहिनीहरूले आफ्नो नृत्य समेत प्रस्तुत गरेका थिए । कार्यक्रममा बोल्दै संस्थापक मैनालीले गीत संगीत जागरणको महत्वपूर्ण माध्यम भएको बताएकी थिइन् ।
यस्तै उनले कार्यक्रमलाई सफल बनाउन महत्वपूर्ण भूमिका खेल्ने उर्मिला भण्डारीलाई विशेष धन्यवाद प्रकट गरेकी थिइन् ।मनोरञ्जनका रूपमा हेरिने नृत्य गर्नाले बच्चा, वयस्क तथा वृद्धको स्वास्थ्यलाई सकारात्मक असर गर्ने डान्स टिचर राजवंशीले बताए ।
उनले नृत्यलाई जीवनकै एक भागको रूपमा राख्दा धेरै किसिमको फाइदा आफैंलाई हुने भनाइ राखे । यस्तै नृत्य गर्दा शारीरिक, मानसिक र भावनात्मक कसरत हुने र शरीर, मन र भावनाको तालमेललाई जागरुक बनाइराख्न मद्दत पुग्ने सञ्चालक केसीले बताए । कार्यक्रममा सहभागी दिदीबहिनीहरूलाई दर समेत खुवाइएको थियो ।

हलेसीमा रामनवमी मेला

फागुनमा पाथीभराबाट १३ लाख बढी भेटी संकलन

सभ्य बन्दै होली : अनुमति विना रङ दलिदिने र पानी खन्याइदिने दृश्य बिरलै

प्रेम र यौनको प्रतीकका रूपमा भक्तपुरमा होली पर्व

सभ्य बन्दै होली: अनुमति विना रङ दलिदिने र पानी खन्याइदिने दृश्य बिरलै

होलीमय मिथिला

पहाडी क्षेत्रमा आज फागुपर्व मनाइँदै

प्रतिक्रिया