टी-२० क्रिकेटमा मंगोलियाको कीर्तिमान, १० रनमै अलआउट

काठमाडौँ- मंगोलिया आइसीसी टी-२० विश्वकप को एशिया क्वालिफायर अन्तर्गतको खेलमा केवल १० रनमा अल आउट भएको छ । बिहीबार भएको सिंगापुरविरुद्धको खेलमा मंगोलियाले १० ओभरमा १० रन मात्र बनाएर अल आउट भएको थियो ।
मंगोलियाका लागि पाँच ब्याट्सम्यान डक आउट भएका थिए भने २ जनाले २-२ रन बनाएका थिए । अतिरिक्त २ रन पाएको मंगोलियाका लागि चार ब्याट्सम्यानले एक एक रन बनाएका थिए ।
मंगोलियाको ब्याटिङ लाइन ध्वस्त गर्नेक्रममा सिंगापुरका बलर हर्ष भारध्वाजले ६ विकेट लिएका थिए । त्यस्तै ११ रनको लक्ष्य पाएको सिंगापुरले ५ बलमा एक विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।
टी-२० अन्तराष्ट्रिय क्रिकेटमा मंगोलिया सबैभन्दा कम रन बनाउने दोस्रो टिम बनेको छ । यसअघि आइल अफ म्यानले पनि स्पेनविरुद्ध १० रन नै बनाएको थियो ।
टी-२० क्रिकेटमा सबैभन्दा कम रन बनाउने चार इनिंगमा मंगोलियाले तीन पटक कम टोटल बनाएको छ । जुन यसै बर्ष बनाएको हो । मंगोलियाले यस अघि जापानविरुद्ध १२ र हङकङविरुद्ध १७ रन बनाएको थियो ।

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

वैभव सुर्यवंशी बने आइपीएलमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी
नेपालको विश्वकप यात्रामा वर्षा बन्यो बाधक, खेल रद्द हुँदा विश्वकप खेल्नबाट नेपा…

नेपालले आज अफगानिस्तानसँग भिड्दै

हङकङमाथि नेपालको सहज जित, १२ ओभरमै भट्टायो लक्ष्य

नेपालले गर्यो हङकङलाई ११५ रनमै अलआउट
धोनी भए घाइते, आइपीएलको बाँकी खेल खेल्नेमा आशंका

प्रतिक्रिया