अमेरिकाको जर्जियामा विद्यालयमा गोली चल्दा चार जनाको मृत्यु

काठमाडौँ- अमेरिकाको जर्जिया राज्यको एक विद्यालयमा गोली चल्दा चार जनाको मृत्यु भएको छ । सिएनएनका अनुसार यस घटनामा ९ जना घाइते भएका छन् ।
एटलान्टाको लगभग ८० किलोमिटर उत्तरपूर्वमा रहेको ब्यारो काउन्टीको अपलाची हाई स्कूलमा १४ वर्षीय बालकले गोली चलाएको मिडिया रिपोर्टमा उल्लेख छ ।
गोली चलाउने बालक पनि सोहि विद्यालयको नै भएको स्थानीय प्रहरीले बताएको छ । गोली चल्दा दुई शिक्षक र दुई विद्यार्थीको मृत्यु भएको छ भने ८ विद्यार्थी र एक शिक्षक घाइते भएका छन् ।
प्रहरीले गोली चलाउने विद्यार्थीलाई पक्राउ गरेको र उनलाई एडल्टलाई जस्तै कारबाही गर्ने बताएको छ ।
अमेरिकामा विद्यालयमा गोली चल्ने घटना पटक पटक हुने गर्दछन् । सन् २०२४ मा मात्र अमेरिकाको विद्यालयमा गोली चलेको यो ४५औं घटना हो । यस अघि सन् २०२३ मा ८२ विद्यालयमा गोली चलेको थियो बने सन् २०२२ मा ७९ र सन् २०२१ मा ७३ विद्यालयमा गोली चलेका थिए ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले विद्यालयमा भएको गोलीकाण्डमा दुःख व्यक्त गरेका छन् ।

इरानको शान्तिपूर्ण आणविक विकासलाई समर्थन गर्न रुस तयार : पुटिन
इरानद्वारा इजरायली अस्पतालमा आक्रमण, ‘मुख्य निशाना’ सैन्य स्थल भएको इरानको दावी

विदेशी लगानीको परिदृश्य कमजोर बन्यो : संयुक्त राष्ट्रसंघ

असदको पतनपछि २० लाख सिरियाली स्वदेश फर्किए : राष्ट्रसङ्घ

इरानले ‘ठूलो मूल्य चुकाउनु पर्ने’ नेतन्याहूको चेतावनी

प्रतिक्रिया