मंगलबार ३० बैशाख, २०८२
Tuesday, May 13, 2025

आगामी महाधिवेशनमा म सभापतिको उम्मेदवार : डा शशांक कोइराला

चितवन - नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले आगामी महाधिवेशनमा आफू पार्टी सभापतिको उम्मेदवार रहने बताएका छन् ।

आज चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले १५औँ महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बन्ने तयारीमा लागेको बताए । 

आफूले अहिलेसम्म निर्वाचन नहारेको बताउँदै उनले यसपटक महाधिवेशन सभापति निर्वाचित हुने विश्वास व्यक्त गरे । नेता कोइरालाले भने,'अब सभापतिको उम्मेदवार म हुँ । सोच्ने कुरै छैन ।'

महाधिवेशन समयमा नै हुनुपर्ने बताउँदै उनले थपे,'सभापति जीले महाधिवेशन समयमा नै गर्नुहुन्छ कि गर्नु हुँदैन भन्ने हो ।'नेपाली कांग्रेसको अबको अभियान आगामी निर्वाचन र महाधिवेशन केन्द्रित रहने कोइरालाले बताए ।