जीप दुर्घटना हुँदा चारको मृत्यु
जाजरकोट : जन्ती बोकेको जीप कच्ची सडकमा दुर्घटना हुँदा रुकुम पश्चिम आठबीसकोट नगरपालिका-७ पोखरामा चारको मृत्यु भएको छ ।
आठबीसकोट-२ घारीखोलाबाट जन्ती लिएर आठबीसकोट-८ दाँजेतर्फ जाँदै गरेको रा १ ज ५८९ नम्बरको जीप गए राति दुर्घटना हुँदा आठबीसकोटका ६६ वर्षीय सार्के नेपाली, ४८ वर्षीय आइते चदारा, अन्दाजी ५१ वर्षीय गोरे नेपाली र सोही नगरपालिका-७ का ५१ वर्षीय कलिभान नेपालीको मृत्यु भएको नगरप्रमुख गोरखबहादुर केसीले जानकारी दिए ।
दुर्घटनामा ६० वर्षीय लालबहादुर नेपाली सख्त घाइते रहेको उनले जानकारी दिए । जीप चालक फरार रहेको प्रहरीले जनाएको छ । यो सडकखण्डमा थोत्रा गाडी सञ्चालनमा छन् ।

मुग्लिनमा मापसे गरेका चालकले बस एकआपसमा ठोक्काए, प्रहरीले लियो नियन्त्रणमा

२५ वर्षमा बाल मृत्युदरमा ७८ प्रतिशतले कमी
_dFhR7ZzbOe_nzzcejongiwyxgvqjfrhtywapllf6fz2m166326sv2wepmifeccwdtjtbmik_Pi79PEkbCk_zaimcrfycqxnuucpanejfo8b0ogjsadbxefetzvkq41cwhhmhhds7nhnzu4v.jpg)
‘मिसेस टुरिजम क्विन इन्टरनेशनल–२०२५’ मा नेपाललाई ऐतिहासिक सफलता, डा मल्लले …

एउटै आमाको कोख, एउटै बाबुको सपना : जो छन् प्रहरीको नेतृत्वमा

स्पार्क एड्भेञ्चरमा दुइ दर्जन बढी सेलिब्रेटी सहभागी हुने, वैशाख २७ गते रुम्झाटा…

जन्ती पुर्याएर फर्किएको बस त्रियुगाको बाढीले बगायो

सेनाद्वारा बृहत स्वास्थ्य शिविर सञ्चालन

प्रतिक्रिया