बुधबार २४ बैशाख, २०८२
Wednesday, May 07, 2025

‘सुन्दर’ विदेशी जासुसहरूबाट सावधान रहन विद्यार्थीहरूलाई चीनको चेतावनी

काठमाडौँ - चीनको राज्य सुरक्षा एजेन्सीले बुधबार संवेदनशील जानकारीमा पहुँच भएका विद्यार्थीहरूलाई ‘सुन्दर पुरुष’ वा ‘सुन्दर महिला’ को मायाजालमा नपर्न चेतावनी दिएको छ । एजेन्सीका अनुसार तिनीहरूले विद्यार्थीहरूलाई विदेशी शक्तिका लागि जासुसी गर्न लोभ्याउन सक्छन् ।

गत वर्ष विच्याट खाता खोल्दा विदेशी जासुसहरूले आफ्नो मुलुकसँग विश्वासघात गर्नका लागि प्राय कठोर र असामान्य तरिकाले बफादार चिनियाँहरूलाई प्रलोभनमा पार्न काम गरिरहेको भन्ने बेइजिङको राज्य सुरक्षा मन्त्रालय (एमएसएस) को दाबीलाई बढावा दिएको छ ।

 विदेशी जासुसहरूको ‘अनगिन्ती रूप छन् र तिनीहरूले आफ्नो लिङ्ग पनि परिवर्तन गर्न सक्छन्’ भन्ने चेतावनी दिँदै मन्त्रालयले नागरिकहरूलाई मुलुकको खतराविरुद्ध ‘एक अर्ब ४० करोड जनताको रक्षा’ गर्न आह्वान गरेको छ ।

साथै मन्त्रालयले बुधबार विदेशी गुप्तचर एजेन्सीहरूमाथि चिनियाँ विद्यार्थीलाई लोभ्याउन ‘रोमान्स जाल’ तैनाथ गरेको आरोप लगाएको छ ।

विदेशी जासुसहरूले गोपनीय जानकारी हस्तान्तरण गर्नका लागि विद्यार्थीहरूलाई विशेषगरी ‘संवेदनशील वैज्ञानिक अनुसन्धान डाटा’ सम्म पहुँच भएकाहरूलाई ‘प्रलोभनमा पार्न र बाध्य बनाउन’ नोकरीको विज्ञापन र अनलाइन डेटिङको पनि प्रयोग गरिरहेको एमएसएसले बताएको छ । 

 एमएसएसले चेतावनी दिँदै भनेको छ, “उनीहरूले आफूलाई ‘सुन्दर पुरुष’ वा ‘सुन्दर महिला’ का रूपमा पनि युवा विद्यार्थीहरूलाई ‘रोमान्सको जाल’ मा तान्न सक्छन् ।” एमएसएसले कथित योजनापछाडि कुन मुलुक थियो भन्नेबारे बताएको छैन । 

 तर एजेन्सीले जासुसहरूले आफूलाई विश्वविद्यालयको विद्वान, वैज्ञानिक शोधकर्ता वा सल्लाहकारका रूपमा विद्यार्थीहरूलाई पैसाको अभावमा प्रलोभनमा पार्न सक्ने चेतावनी दिएको छ । यसलाई ‘लक्षित घुसपैठ’ भनिन्छ ।

 यसै महिना एमएसएसले ‘राम्रो सामरी (परोपकारी वा सहयोगी व्यक्ति)’ भएको देखावटी गर्ने ‘भेडाको लुगामा ब्वाँसाहरू’ विदेशी एजेन्टहरूबाट सावधान रहन जनतालाई चेतावनी दिएको थियो ।

एजेन्सीले जुनमा बेलायतको एमआई६ गुप्तचर एजेन्सीमाथि बेलायतका लागि जासुसी गर्न केन्द्रीय सरकारका लागि काम गर्ने एक जोडीलाई भर्ती गरेको आरोप लगाएको थियो । 

दशकौँमा चीनका सबैभन्दा शक्तिशाली राष्ट्रपति सी जिनपिङको नेतृत्वमा बेइजिङले मुलुकको उत्थानलाई रोक्न विदेशी शक्तिहरूले प्रयास गरिरहेको गहिरो चेतावनी दिएको छ । 

चीन र पश्चिमा शक्तिहरूले लामो समयदेखि एकअर्कामाथि जासुसी गरेको आरोप लगाउँदै आएका छन् र उनीहरूले हालै मात्र कथित व्यक्तिगत मामिलाको विवरण सार्वजनिक गर्न थालेका छन् ।

 मे महिनामा अनुसन्धानकर्ताहरूले चीनका लागि जासुसी गरेको आशंकामा जर्मन एमईपीको ब्रसेल्स कार्यायलमा खानतलाशी गरेको थियो ।

मङ्गलबार न्युयोर्क राज्यका गभर्नरको सहयोगीका रूपमा काम गर्ने एक पूर्वअधिकारीलाई लाखौँ डलरको बदलामा चीनको एजेन्टका रूपमा काम गरेको आरोपमा पक्राउ गरिएको थियो । 

 

इजरायलद्दारा गाजाको ७० प्रतिशत भु भाग ‘नो गो जोन’ घोषणा, २० लाख प्यालेस्टाइनी विस्थापित गराइने

इजरायलद्दारा गाजाको ७० प्रतिशत भु भाग ‘नो गो जोन’ घोषणा, २० लाख प्यालेस्टाइन…

जापानलाई पछि पार्दै भारत बन्यो विश्वको चौथौं ठुलो अर्थतन्त्र, १० बर्षमा नै दोब्बर

जापानलाई पछि पार्दै भारत बन्यो विश्वको चौथौं ठुलो अर्थतन्त्र, १० बर्षमा नै दोब्बर

भारतद्वारा पाकिस्तानमाथि सैन्य कारबाही सुरु , तनाव चुलियो

भारतद्वारा पाकिस्तानमाथि सैन्य कारबाही सुरु , तनाव चुलियो

नयाँ पोप चयनका लागि कार्डिनल सम्मेलन, दुई बिरामी भए पछि १३३ प्रतिनिधि सहभागी

नयाँ पोप चयनका लागि कार्डिनल सम्मेलन, दुई बिरामी भए पछि १३३ प्रतिनिधि सहभागी

युरोपेली संघले अन्तिम रूसी ग्यास आपूर्ति कटौती गर्ने योजना बनाउने

युरोपेली संघले अन्तिम रूसी ग्यास आपूर्ति कटौती गर्ने योजना बनाउने

क्यालिफोर्नियामा डुङ्गा दुर्घटना हुँदा तीन जनाको मृत्यु, सात बेपत्ता

क्यालिफोर्नियामा डुङ्गा दुर्घटना हुँदा तीन जनाको मृत्यु, सात बेपत्ता

अप्रिलमा पाकिस्तान र इरानबाट २ लाख ५० हजार बढी अफगानी शरणार्थीहरू घर फर्किए

अप्रिलमा पाकिस्तान र इरानबाट २ लाख ५० हजार बढी अफगानी शरणार्थीहरू घर फर्किए

ट्रम्पलाई अमेरिकामा १२ हजार शरणार्थी स्वीकार गर्न न्यायाधीशको आदेश

ट्रम्पलाई अमेरिकामा १२ हजार शरणार्थी स्वीकार गर्न न्यायाधीशको आदेश