एकैदिन ६५ हजारले गरे प्रधानमन्त्री ओलीको फेसबुक पेज अनफलो

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीलाई 'अनफलो' गर्ने अभियान चलाइएको छन् ।
मंगलबार अपराह्न काठमाडौँ महानगरका मेयर बालेन साहले आफ्नो स्टाटसलाई फेसबुकले हटाइदिएको उनको सचिवालयले दाबी गरेको थियो । कसैले रिपोर्ट गरेका कारण सो पोष्ट फेसबुकले डाउन गरेको सचिवालयले दाबी गरेको थियो ।
त्यसपछि मंगलबार नै बालेनले पोष्ट हटाउने होइन, दोषीलाई कराबाही गर्नुपर्यो भन्ने पोष्ट गर्दै आफ्नो पोष्ट सरकारले हटाइदिएको आशय व्यक्त गरेका थिए । त्यसपछि बालेनका समर्थहरूले ओलीलाई अनफलो गर्न शुरु गरेका हुन् ।
मंगलबार केपी शर्मा ओलीको पेजमा ६ लाख ६६ हजार फलोअर्स रहेकोमा बुधबार बिहान यो समाचार तयार पार्दासम्म ६ लाख १ हजार मात्र रहेका छन् । मंगलबार प्रधानमन्त्री ओलीको पेजबाट 'केपी बा' नाम गरेको फेसबुकलाई फलो गरिएको थियो तर उक्त पेजमा अनफलो गरेका छन् । उक्त 'केपी बा' नाम गरेको पेजमा पनि अनफलो अभियान चलाउन सक्ने भएकाले ओलीको सचिवालयले अनफलो गरिएकव बुझिएको छ ।
बालेनले भदौ १६ गते एमालेकी प्रदेश सांसद रेखा शर्माले नाबालिकालाई घरेलु कामदार राखेर हिंसा गरेको दाबीसहित फेसबुकमा एउटा पोस्ट गरेका थिए ।
सांसद शर्माको विषयमा कुनै कारबाही नभएको बताउँदै बालेनले प्रधानमन्त्री ओलीमाथि आक्रोश पोखेका थिए ।

बहुविवाहलाई छुट दिने कानुन बनाइँदैछ भन्ने भ्रम मात्रैः कानुनमन्त्री चौरसिया

सरकारले सुशासनको अनुभूति दिलाउन सकेनः डा. कोइराला

माओवादीलाई विभाजन गर्न षड्यन्त्र र जालझेल भइरहेको छः अध्यक्ष प्रचण्ड

अग्रज र सहिदका सङ्कल्प पूरा गर्न दृढताका साथ लाग्नुपर्छः प्रधानमन्त्री ओली

बालबालिकालाई संस्कारसहितको शिक्षा दिनुपर्छ : मुख्यमन्त्री कँडेल

देश समृद्ध बनाउन जोखिम मोलेरै काम गर्नुपर्छ : महासचिव पोखरेल

राजनीतिप्रति युवाहरूको वितृष्णा बढ्यो, आकर्षणमा बदल्नु मुख्य चुनौती : शेखर को…

प्रतिक्रिया