कोशी प्रदेश : आमसञ्चार विधेयक दसैं अगाडि सदनमा पेस गर्ने तयारी

इनरुवा (सुनसरी)- कोसी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री लिलाबल्लभ अधिकारीले आमसञ्चार माध्यमलाई व्यवस्थापन गर्न बनेको प्रस्तावित विधेयक सदनमा पेस गर्ने तयारी भएको बताएका छन् ।
सुनसरीको धरान उपमहानगरपालिकामा मंगलबार आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशको आयोजना तथा नेपाल पत्रकार महासंघ सुनसरी शाखाको संयोजनमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
सुशासन, विधिको शासन र सत्यतथ्यमा आधारित भएर स्वच्छ निष्पक्ष पत्रकारिताको आधार तयार गर्नका लागि विधेयक पेस गर्ने तयारी भएको मन्त्री अधिकारीले बताए ।
पत्रकारको हितका लागि व्यावसायीक हित, पेशागत सुरक्षासमेतलाई ध्यानमा राखेर कोशी प्रदेश आमसञ्चार माध्यम व्यवस्थापन ऐन २०८१ दसैं अघि नै ल्याउने गरी तयारी भइरहेको उनले जानकार दिए । विधेयकको मस्यौदाका लागि मन्त्रालयले अग्रज पत्रकार संघ तथा संस्थासँग सुझाव संकलन गरिसकेको छ । रासस

कचनकवलमा करेन्ट लागेर एक जनाको मृत्यु

संरक्षण नहुँदा भोजपुरको ‘ टेम्केसिद्ध मन्दिर’ जीर्ण
_i9NmdaJkKs_gaemtdslogjyfaavix6ja5yjigihvd7kj57xhgavc2sv1b0d8bj95iwgzj7n_9fsrgeDloW_un2huwatifgqdghwkv1unvl0eh6uhy5btinfacfq0une8eun2shc8ciu3o8a.jpg)
अरुणमा १५ श्ययाको आधारभूत अस्पतालबाट सेवा सुरु

भोजपुर–लेगुवा सडक : भत्किएका ठाउँमा टालिएको कालोपत्र नै उप्कियो

यसवर्ष पनि कोशीमा घटेन ‘लम्पी स्किन’ सङ्क्रमण

सवारी दुर्घटनामा साइकलयात्रीको मृत्यु

गर्मी छल्न कोशी कटान क्षेत्रमा नुहाउनेको भीड

प्रतिक्रिया